News

 

२२ पौष, रत्ननगर । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले अत्याधिक जाडोका कारण असहजमा परेका विपन्न समुदायलाई न्यानो कपडा तथा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । कालिका नगरपालिका वडा नम्बर ९ मा रहेको लटौलीका ७५ जना विपन्नहरुलाई ७५ थान फाईबर सिरक साथै सोहि स्थानको श्री राष्ट्रिय आधारभूत विद्यालयका १ सय ३ विपन्न विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको हो ।

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धर्म संरक्षक श्रीकृष्ण मंगलम् महाराजको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्दै उंहाले संसार धनि गरिब सबैको लागी समान भएको बताउदै प्राणीको रक्षामा आ(आफ्नो स्थानबाट सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कालिका नगरपालिका वडा नम्बर ९ का अध्यक्ष निलकण्ठ मगर, परिषदका केन्द्रिय सदस्य धर्मराज खनाल, विद्यालयका प्रधानाध्यापक वुद्धिराज गिरी, लगायतले उक्त अवसरमा बोल्नुभएको थियो । लटौलि स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको परिषरमा आयोजना गरिएको उक्त कार्यक्रम परिषदका सचिव सफल अधिकारीले संचालन गर्नुभएको थियो भने कार्यक्रमको संयोजन परिषदका उपाध्यक्ष दिलिप महतले गर्नुभएको थियो । कार्यक्रम श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष सुर्यमणी ढकालको अध्यक्षतामा भएको हो ।

न्यानो कपडा तथा स्टेसनरी हस्तान्तरण कार्यक्रमलाई अमेरिका निवासी भोजराजरशान्ति चापागाई, अष्ट्रेलिया निवासी राज रश्रीषा आचार्य, रत्ननगर–१० निवासी तुल प्रसाद अधिकारी, टिकादत्त बराल, लायन्स क्लव अफ श्रीकृष्ण, शैलेश प्रसाद दाहाल, केशवराज बराल लगायतले सहयोग गर्नुभएको हो ।

 

चितवन, पुष २२ ।
यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ । बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए ।

उनले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने बताए । अन्यत्र महोत्सव सकेर आएका प्रदर्शकको सामग्री व्यवस्थापनका कामहरु गरिएको उनले बताए । त्यसैगरी महोत्सव भित्रको सुरक्षा व्यवस्था आन्तरिकरुपमा आयोजकले गर्ने र बाह्य सुरक्षाका लागि नेपाल प्रहरीले गर्ने गरी तयारी थालिएको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवको उद्घाटनको दिन सुरुमा शोभा यात्रा निकाल्ने तयारी गरिएको छ । महोत्सवको उद्घाटनका लागि संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीको प्रमुख उपस्थिति रहने छ । बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महोत्सव सफल पार्न भरतपुर महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । भरतपुर महानगरपालिका महोत्सवको प्रवद्र्धक संस्थाका रुपमा रहेको छ ।
बैठकमा समितिका सदस्यहरुले महोत्सवलाई सफल पार्न विभिन्न सुझावहरु दिएका थिए । महोत्सव प्रवद्र्धन समितिका संयोजक एवम् उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सव सफल पार्न मुल आयोजक समितिका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले महोत्सवको व्यापक प्रचारमा यतिखेर जुटिएको र सकरात्मक प्रतिक्रियाहरु प्राप्त भएको जानकारी गराए । उनले बैठकले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउँदै बैठकको सापन गरे । यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा हुन लागेको १५ औं संस्करण चितवन महोत्सवका लागि ८८३ सदस्यीय मुल समिति बनाइएको छ ।

 

चितवन, पुष २१ –
यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल ¥याली निकालिएको छ । चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल ¥याली निकालिएको हो । उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रर्वद्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रर्वद्धन गर्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव मुल आयोजक समितिका संयोजक सुमन कुमार श्रेष्ठ, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदम बहादुर बानियाँ र साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष वलराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेपछि ¥याली सुरु भएको थियो । दुई चरणमा गरिएको ¥यालीमा पहिलो चरणमा करिव १०० भन्दा बढी र दोश्रो चरणको र्यालीमा ४१ जना सहभागि भएको सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उद्योग वाणिज्य संघ चितवन परिसरबाट सुरु भएको पहिलो चरणको ¥याली लीला चोक, पोखरा बसपार्क, आँपटारी, बाइपासरोड, केन्द्रीय बस टर्मिनल , हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुनः उवासंघ परिसरमै आएर सकिएको थियो ।

पहिलो चरणको ¥याली सकिएपश्चात दोश्रो चरणको ¥याली सुरु भएको थियो । दोश्रो चरणमा उवासंघ परिसरबाट पुलचोक, शहिदचोक, वेलचोक, धर्मचोक, यज्ञपूरी, टाईगरचोक, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, बोटेटोल, हुँदै भरतपुर महानगरपालिका २२ मा रहेको स्टोनपार्कमा पुगेर पुनः उवासंघ परिसरमै फर्किएको थियो ।

स्टोनपार्क परिसरमा एक कार्यक्रमका बीच भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष एवम् चितवन महोत्सव प्रर्वद्धन समितिका संयोजक राजेन्द्र ओली, राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपील घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुले साइकल राइडर्सहरुलाई स्वागतसहित सम्मान गरेका थिए । सो अवसरमा आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि साइकलबाट नै यात्रा गरेका १२ जना अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै उवासंघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवले सम्पूर्ण चितवनबासीलाई अपनत्वको आभाष दिलाउँदै भव्यताका साथ सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग रहि आएको र आगामि दिनमा पनि रहिरहने विश्वास व्यक्त गरे ।

चितवन साइकल राइडर्स क्लबले महोत्सवको प्रर्वद्धनमा पुर्याउँदै आइरहेको योगदानको लागि धन्यवाद दिँदै ओलीले आगामि दिनमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरे । १५ औं संस्करण चितवन महोत्सव यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना हुँदैछ ।

Subcategories