News

जेठ २८, भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्धामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताउनुभएको हो । युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभई पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताउनुभयो । उहाले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गर्नुभयो ।

शाहीले बोलेलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीले निरन्तर प्रधानमन्त्रीलाई गैर राजनीतिक तरिकाले लखेटिरहेको र हुर्मत लिने काम भएको भन्दै शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

 

सभामुख देवराज घिमिरेले सांसदहरुले राखेका बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बोलाइएको छ । उक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

जेठ २८, भरतपुर ।  तस्विर कोमलचन्द्र भगत । 

तस्विर कोमलचन्द्र भगत ।

सामाजिक कार्यमा क्रियाशिल चितवनको सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाको सह–कार्यमा वडा नम्बर १ मा अन्तर घर,अन्तर स्वास्थ्यकर्मी,अन्तर कृषक,अन्तर आमा समुहबीच प्रतिस्पर्धा गराएर जीवन शैलीमा परिवर्तन ल्याउनेलाई पुरस्कृत गरेको छ । ‘सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ परियोजनाबाट चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न परियोजनाले काम गरेको थियो । तीन बर्ष देखि सञ्चालित परियोजनाले चेपाङ सुमदायको आर्थिक, स्वास्थ्य, शिक्षा, सरसफाई लगायतका दैनिक जीवनयापनका गतिविधिमा परिवर्तन ल्याउन कार्यक्रम सञ्चालन गरेको थियो । परियोजनाकै कारण इच्छाकामनाका चेपाङ समुदायको जीवनशैलमिा परिवर्तन आएको छ । परियोजनाले प्रतियोगीतामा सहभागी भई विजेता बनेकाहरुलाई शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा प्रतियोगितामा विजयीहरुलाई पुरस्का प्रदान गरेका गरियो। परियोजना अन्र्तगत आयोजित अन्तर घर प्रतियोगिता, अन्तर आमा समुह, उत्कृष्ट किसान र उत्कृष्ट स्वंयसेवीकालाई पुरस्कृत गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका म्यानेजर सुजन वस्नेतले बताउनुभयो । ११ वटा कलस्टर निर्माण गरि परियोजना सञ्चालन गरिएको थियो । प्रतियोगीतामा ६० भन्दा बढी पुरस्कृत भएका छन् । ११ वटा कलस्टरबाट ५\५ जना गरि ५५ जना पुरस्कृत भए । प्रतियोगितामा सहभागी मध्ये तीन जना सर्वोत्कृष्ट घोषित भएका छन् । सानु कान्छी चेपाङ, सन्तमाया चेपाङ र कालिमाया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । फलफुल तर्फ तर्फ थाप्राङका विष्णु बहादुर चेपाङ र बाख्रा पालन तर्फ खैरेशका विष्णु माया चेपाङ सर्वोत्कृष्ट हुनुभयो । स्वयंसेविका तर्फ भने शान्ता गुरुङ सर्वोत्कृष्ट तथा आमा समूह तर्फ कोलभञ्ज्या र चौकी डाडाँ आमा समूह सर्वोत्कृष्ट भएको म्यानेजर बस्नेतले बताउनुभयो । विजेताहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । उनीहरुको सरसफाई, घरको अवस्था, करेसावारी, शौचालयको अवस्था, विद्यार्थीको पढाई लगायतका क्षेत्र कमजोर रहेको पाईएपछि सपना भिलेज सोसियल इम्प्याक्टले गाउँपालिकासंग सहकार्य गरेर उनीहरुको जीवनमा परिवर्तन ल्याउन परियोजना संचालन गरेको थियो। वि.स.२०७७ सालदेखि वडा नम्बर १ का ६ सय १५ घरधुरीमा परियोजनाले काम गरेको थियो
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सपना भिलेज र गाउँपालिकाले संयुक्त संचालन गरेको यस परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवन शैली परिवर्तन ,जिविकोपार्जन,आर्थिक वृद्धीका लागि निरन्तर सक्रिय हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यो परियोजना यहाँ सञ्चालन गर्न आवश्यक देखिएकाले आफुले चार बर्ष अघि सपना भिलेजसंग गाउँपालिकाले सहकार्य गरि सुरु गरेको बताउनुभयो ।
एनजिओहरुलाई महत्व नदिएको तत्कालिन अवस्थामा सपना भिलेज सोसल इम्प्याक्टको काम महत्वपूर्ण लागेर गाउँपालिकाले सहकार्य गर्न तयार भएको निवर्तमान अध्यक्ष गीता गुरुङले बताउनु भयो ।  परियोजनाले भर वरपर सरसफाई, ,करेसावारी, शिक्षामा परिवर्तन ल्याउन गरिएको प्रयास सफल भएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रव गिरीले बताउनुभयो । आगामी दिनमा पनि गाउँपालिकासंग सहकार्य गरी अघि बढ्ने अध्यक्ष गीरीले बताउनुभयो । साथै गाउँपालिका संगको सहकार्यमा भाराङ राष्ट्रिय आधारभूत विद्यालयको भवन बनाउने प्रतिवद्धता गर्नुभयो । कार्यक्रममा परियोजनाका निर्देशक बर्षा पुरी, सपना भिलेजका निर्देशक एंव भरतपुर अस्पतालका मेसु डाक्टर कृष्ण पौडेल, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरि , रत्ननगर नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष राजु आचार्य वडा नम्बर १ का वडाध्यक्ष सन्त बहादुर राना मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिक टिका सानु, सागर विसि र गणेश चेपाङ लगायतको प्रश्तुती रहेको थियो । 

 

जेठ २७, भरतपुर ।

 

चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडा घटाउन अनुरोध गरेका छन् । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै हालमा रहेको घर भाडादरमा २० प्रतिशत घटाई दिन तथा लिन घरधनी र व्यवसायी दुवै पक्षलाई अनुरोध गरेको हो । मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर आर्थिक मन्दीको असर रहुन्जेल र व्यवसायहरु पूर्ववत अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन उनीहरुले माग गरेका हुन् ।

 

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तार तथा विकास निर्माणका क्रममा प्रत्यक्ष प्रभावित व्यवसाय सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन अनुरोध गर्नुभयो । उहाँले घरबहाल सम्बन्धी कर घरधनी स्वयम आफैँले तिर्नुपर्ने समेत स्पष्ट पार्नुभयो ।

 

चितवनका मुख्य शहर र व्यवसायी स्थलहरुका ८० प्रतिशतदेखि ९० प्रतिशत व्यवसायीहरु भवन, सटर, कोठामा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायमा देखिएको ह्रासका कारण घरभाडा, चर्को बैंकको ब्याज र सामान्य दैनिक खर्चहरुको समेत चलाउन नसकेर व्यवसायीहरु पलायन हुँदै गएको उहाँले बताउनुभयो ।

उहाँले बैंक तथा वित्तिय संस्थाद्धारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अंकमा सिमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्नुभयो ।

 

Subcategories