मंसीर १३, चितवन । सेवालाई स्वार्थभन्दा माथी राख्नु पर्छ भन्ने मान्यताकासाथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले आफ्नो २३औँ स्थापना दिवसको अवसर पारेर भरतपुर महानगरपालिका, वडा नं। १० को कार्यालय भवनमा एक कार्यक्रम बिच ५ थान ह्विलचेयर वितरण गरेको छ । क्लबका अध्यक्ष रोटरियन सेवन पन्तले १० नं वडाका अध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यतामा उक्त ह्विलचेयरहरू वितरण गरेको हो । प्रमुख अतिथि परमेश्वर खनालले ह्विलचेर प्राप्त गर्ने वडावासीहरू दुर्गा बोम्जन, मेघबहादुर आले, यशोदा खनाल, सरोज गौतम र गीता शाहको तर्पmबाट रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि धन्यवाद दिएका थिए । साथै वहाँहरूको दैनिक जीवनयापनको कार्यमा यस सहयोगले ठूलो भूमिका निर्वाह गर्ने प्रमुख अतिथि खनालले बताए । कार्यक्रमका संयोजक तथा पूर्व अध्यक्ष रोटरियन भोलानाथ लामिछानेले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै सहयोग गर्दै आएको जानाकारी गराउँदै आगामी दिनहरूमा पनि माग र आवश्यकता हेरी सहयोग गर्ने बताए । क्लबका सचिव रोटरियन विकास सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, अनुकूल श्रेष्ठ, नगेन्द्रबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष तारानाथ पाठकलगायत स्पाउज अनुराधा पन्तको उपस्थिति रहेको थियो ।




