News

चैत ७, चितवन । चितवनकी पत्रकार सदस्य संगिता बानियाँ (सिलवाल)को निधन भएको छ । ब्रेन क्यान्सरबाट पीडित संगीताको उपचारको क्रममा आज बिहिबार बिहान २ः४५ बजे चितवन मेडिकल कलेज क्यान्सर अस्पतालमा निधन भएको हो ।नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य पत्रकार बानियाँको देवघाटमा अन्तेष्टि गरिएको छ । शिवशक्ति रेडियोमा कार्यरत उनी पश्चिम चितवन पत्रकार मंचकी उपाध्यक्ष, सन्चारीका समुह की कार्यसमिती सदस्य समेत हुन् । दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो ।स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।३० वर्षको उमेरमा निधन भएकी उनको श्रीमान विश्वास र एक ९ वर्षीय छोरी आरोही सिलवाल छन् । भरतपुर १४ शिबनगर स्थायी घर भएकी उनी विभिन्न सामाजिक संघ संस्थाम समेत कृयाशिल थिइन् ।यो वर्ष नेपाल पत्रकार महासंघ चितवन शाखाले २ जना सदस्य गुमाएको छ ।यसअघि फागुन ७ गते ब्लड क्यान्सर पिडित माडी निवासी भुपराज पाठकको निधन भएको थियो । उनीहरुको निधनले संगीताको उपचारका लागि एक महिनाअघि बचाउ अभियान समेत गठन गरि आर्थिक सहयोग संकलन गरिएको थियो ।२२ लाख बढि सहयोग प्राप्त भएको र उपचारमा आधा भन्दा बढि खर्च भएको अभियानका संयोजक विदुर केसीले बताएका छन् । उपचार खर्च कटाएर बाँकी रहेको रकम छोरी आरोहीको शिक्षा दिक्षामा सहयोग पुग्ने गरि बैंकमा जम्मा गरिने अभियानले जनाएको छ ।चैत ६ गते बसेको अभियान समितिको बैठकले सहयोग अभियान रोक्ने गर्ने निर्णय गरेको अभियानका सदस्य एवं पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष अनिल भट्टराईले बताएका छन् ।पार्थिव शरीरमा दागबत्ति दिएका ससुराबुवा मोहनबहादुर सिलवालले संगीताको क्रियाकर्म गरेका छन् ।

चैत ५, चितवन । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।


चैत ३, चितवन । चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आइतबार
लालपूर्जा वितरण गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताउनुभयो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउनुभयो । सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको बताउनुभयो ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क राख्नुभयो । सुकुम्बासीलाई लालपूर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन, उहाँले भन्नुभयो,‘ हामी नागरिकप्रति जिम्मेवार छौ । स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ । कानुन, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’
भरतपुरमा महानगरपालिकाको तथ्याङक अनुसार भूमिहिन दलित २ हजार ५२, भूमिहिन सुकुम्बासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्बासी धुरी रहेका छन् ।

Subcategories