News

 

२ गते चैत, शनिबार । चितवन

चैनपुर-सिद्धिपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा दल बहादुर सुनारले फराकिलो मतान्तरसहित अध्यक्ष पदमा विजय हासिल गरेका छन् । ४९० मत खसेको उक्त निर्वाचनमा सुनारले १८३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भएका थिए ।

अन्य प्रतिस्पर्धीहरूमा नेकपा ९एमाले०का ढलक कुमार लामाले १३२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका खड्ग बहादुर कार्कीले ९४ मत, र नेपाली कांग्रेसकी टीका गुरुङले ६९ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा १२ मत बदर भएको थियो ।

मतपरिणाम अनुसार, सुनारको जितलाई संस्थामा स्थिरता, समावेशिता र गुणस्तरीय सेवा प्रवाहका लागि महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ । निर्वाचनपछि अध्यक्ष सुनारले सफा खानेपानीको प्रभावकारी व्यवस्थापन, उपभोक्ताको सेवा सुधार, र दीर्घकालीन टिकाउ विकास योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय उपभोक्ताहरूले पनि सुनारको नेतृत्वमा संस्थाले गुणस्तरीय सेवा दिनेमा विश्वास व्यक्त गरेका छन् । यस जितसँगै सुनार र उनकी कार्यसमितिले आगामी कार्यकालमा नयाँ योजना र सेवा सुधारका लागि पहल गर्ने अपेक्षा गरिएको छ ।

चैत १, चितवन । ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुने भएका छन् । रक्तदानको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सम्मानित हुन लागेका हुन् । प्रगती फाउण्डेसनले भारतको उत्तर प्रदेशमा बैशाख २१ गते औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान प्रदान गर्न लागेको नेपालले पुष्टी गरेका हुन् । लामो समय देखी रगत व्यवस्थापनमा काम गर्दै आएका रत्ननगर वडा नम्बर १५ का स्थायी बासिन्दा नेपालले रगत व्यवस्थापन सँगै आफैंले अहिलेसम्म ४६ पटक रक्तदान गरिसकेका छन् ।

चैत १, चितवन । अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने भएको छ ।

यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन गरेको छ । गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन कार्यविधि २०७९ कार्यान्वयन गरिरहेको छ । जसमा हालै पहिलो संशोधन गरी सूचीकरण नगरी हेलिकप्टर उडाए दोब्बर शुल्क लिने नियम बनाइएको हो । सूचीकरण भएका हेलिकप्टरले हरेक उडान बापत १० हजार रुपैयाँ तिर्नुपर्छ ।

यसलाई संशोधनमा कायम राख्दै गाउँपालिकाले सूचीकरण नगरी उडाए दोब्बर अर्थात् प्रतिउडान २० हजार रुपैयाँ शुल्क लाग्ने बनाइएको हो ।हेलिकप्टर उडानबाट अन्नपूर्ण आधार शिविर भ्रमण गर्ने विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तोकेको रुट परमिट लिएको हुनुपर्छ ।

रुट परमिट नलिएका विदेशी पर्यटकलाई उडानमा योग्य नमानिने कार्यविधिमा उल्लेख छ । संशोधन मार्फत सूचीकरण शुल्क ५ हजार रुपैयाँ तय गरिएको समेत राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

 

Subcategories