News

मंसीर २०, सौराहा । कोमल चन्द्र भगत ।  चितवनको सौराहामा बिहीबार मानव–वन्यजन्तु द्वन्द्व र जुनोटिक रोग सम्वन्धी कार्यशाला गरिएको छ । युएसएआइडीको सहयोगमा स्वास्थ्य लाइभले कार्यक्रमको आयोजना गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहांले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले दुई दशकअघि विश्वमा एक स्वास्थ्य अवधारणा आएपछि सरकारले ‘एक स्वास्थ्य नीति २०७६’ ल्याएको जानकारी गराउनुभयो। विभिन्न खालका महामारीको नियन्त्रणका लागि एक स्वास्थ्य अवधारणा आएको उहांको भनाइ थियो । गैरेले पशु स्वास्थ्य र मानव स्वास्थ्यबारेको संयु्क्त अवधारणा नै एक स्वास्थ्य अवधारणा भएको बताउनु भयो। कार्यशालामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले नेपालका जुनोटिक रोगहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । यसैगरी जनस्वास्थ्य कार्यालय चितवनका रोग नियन्त्रण अधिकृत गुरुप्रसाद कँडेल, डा. सन्तोष दुलाल, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेरिनरी अधिकृत डा. विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय भरतपुरकी डाक्टर सबिना मिश्र, स्वास्थ्य लाइभका अध्यक्ष अर्जुन अधिकारीलगायतले एक स्वास्थ्यबारे सहजीकरण गरेका थिए । कार्यक्रममा चितवनका २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । मानव–वन्यजन्तु द्वन्द्वबारे अन्तरक्रिया र जुनोटिक रोग एवं एक स्वास्थ्य अवधारणा’ विषयक कार्यशालाको उद्घाटन सत्रको प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना रहनु भएको थियो ।

 रत्ननगर, मंसिर २० । ३७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै चितवनको कालिका नगरपालिकाले २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सञ्जाल भवनमा आयोजना गरिएको कार्यक्रममा सबै वडाबाट आएका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्य ज्वती सुनारले सम्मान गरेका हुन् । सोही अवसरमा बागमती सरकार अन्र्तगत जन स्वास्थ्य कार्यालय चितवनले प्रत्यक महिला स्वयंसेविकालाई नगद रु पाँच हजार प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । स्वयंसेविकाको कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको उनको भनाई छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा नगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे । ‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो। नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, नगर प्रमुखको भनाइ छ । समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पर्याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको उनले बताए । बिगतका तुलनामा अहिले स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो कार्यमा तल्लिन भएर खुसि भएको बताए । नगरभित्रका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकाहरुको निःशुल्क रुपमा स्वास्थ्य विमा नगरले गरिदिने नगर प्रमुख रेग्मीले प्रतिवद्धता जनाए । प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले समुदायको स्वास्थ्य प्रवर्धनको क्षेत्रमा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयमसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए । गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नुपर्ने जोड दिए । कार्यक्रममा जन स्वास्थ्य कार्यालय चितवनकी नर्शिङ्ग अफिसर अनामिका कंडेल, कालिका नगरपालिकाकी स्वास्थ्य स्वयंमसेविका कविता खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन कालिका नगरपालिकाकी परिवार नियोजन सुपरभाईजर अधिकृत सीता दाहालले गरेकी थिईन् ।

विपिन आचार्य
२० मंसीर, रत्ननगर । रत्ननगरको निपनी स्थित श्री गायत्री हरिहर मन्दिरमा यहि मंसिर २४ गतेदेखि श्रीमद्भागवत धनधान्याचन ज्ञान महायज्ञ संचालन हुने भएको छ । महायज्ञ मुल समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरि महायज्ञको उदेश्य ,लक्ष्य बारे जानकारी गराएको हो । हरिहर मन्दिरलाई धाममा विस्तार गर्न पूर्वाधार तयार गर्ने, गायत्री गुरुकुलम्‌को भौतिक पूर्वाधार तयार गरी निकट भविष्यमा विद्यापीठमा रूपान्तरण गर्न र हरिहर सदनलाई पूर्णता दिने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक रुपन राज घिमिरेले जानकारी दिए । यी उदेश्यका लागि मन्दिरले स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरी रत्ननगरलाई धार्मिक पर्यटकीय नगरीमा परिणत गर्ने लक्ष्य समेत लिएको छ ।

महायज्ञको पहिलो दिन मंसिर २४ गते शोभायात्रा र पूर्वाङ्ग भई पौष १ गते पूर्णाहुति हुनेगरि सञ्चालन हुने महायज्ञमा अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा प्रखर वाचक पूज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्ने संयोजक घिमिरेले जानकारी दिए । मन्दिरले ६ कक्षा देखि १२ कक्षा सम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ भने ३५ जिल्लाका ७५ बटुकहरू र ६ जना गुरुहरूलाई आवासीय सेवा(सुविधासहित निःशुल्क सेवा(सुविधा दिएको छ । यस गुरुकुलम्लाई आवश्यक पूर्वाधार तयार गरी निकट भविष्यमा संस्कृत विद्यापीठमा विस्तार गरी शास्त्री तहसम्मको शिक्षण सेवा दिने तयारीमा जुटेको महायज्ञका संयोजक घिमिरेले बताए ।

देशकै केन्द्रविन्दु, पूर्व(पश्चिम लोकमार्गको काखमा स्थापित यस हरिहर धामले स्वदेशी, विदेशी पथिक पर्यटकहरूलाई आवासीय सेवा(सुविधा पुऱ्याउने उद्देश्यबाट २०७६ मा करिब १५ करोडको कुल लागतमा सम्पन्न हुनेगरि बृहत् गुरुयोजना पनि बनाएको छ । सोही अनुसार रत्ननगर नगरपालिका,प्रदेश सरकार र संघीय सरकारबाट करिब ५ करोडको लागतमा हरिहर धर्मशालाको निर्माण कार्य चालु अवस्थामा छ ।

मूल गुठदाता जिमिदार नाथुराम चौधरीबाट सहयोग भएको १ बिगाहा क्षेत्रफल गुठ जमिनमा वर्तमान संरचना अवस्थित छन् भने अन्य गुठदाता १७ जनाबाट समेत अहिले मन्दिरको गुठ जमिन २ विगाहा ९ कठ्ठा क्षेत्रफल रहेको छ । मन्दिर परिसरमा श्री हरिहर मन्दिर ९मूल मन्दिर० २०२८, श्री गायत्री माताको मन्दिर २०४५, हरिहर यज्ञशाला र हवनकुण्ड दीप प्रज्वलन( २०४९, श्री गणेश मन्दिर २०५६, हनुमान मन्दिर २०५९, २०७० मा पहिलो हवन यज्ञशालालाई विस्थापित गरी यज्ञशाला निर्माण र २०७३ मा १०८ शिवलिङ्ग स्थापना भई नित्य पूजा(वन्दना चलिआएको छ भने २०८१ को आषाढ २४ देखि हरिहर महाआरतीको कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

Subcategories