News


ललितपुर, पुष ११ ।
ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू भएकोमा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलव्ध भएको हुँदा कलेजका विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको छ ।
कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत एभरेष्ट इन्जिनियरिङ कलेजले ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलव्ध गराउने भएको हुँदा देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशालाले सुलभ सुविधा दिने आँकलन गरिएको छ ।
कलेजको प्रयोगशालामा भएको अत्याधुनिक युनिभर्सल टेस्टिङ मेसिन ९युटिएम० प्रयोग गरी नेपालका क–वर्गका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीहरू परीक्षण गर्न मिल्ने र प्रयोगशालाबाट दिइने गुणस्तरको प्रमाणपत्रलाई सरकारी निकायले समेत मान्यता दिने भएकोले निर्माण व्यवसाय वा मेटेरियल साइन्स विधामा संलग्न सबैले एभरेष्ट इन्जिनियरिङ कलेजको प्रयोगशालाबाट लाभ लिन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ ।

 

चितवन, १० पुस । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अबसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो ।
मेघौलीको जानकी माध्यामिक बिध्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकमरी दिईयो । चौधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महोत्सवमा राखिने छ । स्थानिय समुदायको जीवन स्तरमामा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताउनुभयो । महोत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ ।
पत्रकमर सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएको बताउनु भयो । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेको उहाँले बताउनु । दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको, होटल रेष्टुरेन्टमा सेवा बृद्वि भएको, पर्यटकको संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएको उहाँले बताउनुभयो ।
महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएको बताउनु भयो । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलोपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यको रुपमा रहेको बताउनु भयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षको आयोजना गरिएको र सो उद्वेश्य प्राप्तिमा सफल भईएको बताउनुभयो । स्थानिय जनतामा यो महोत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयो । यस महोत्सब स्थानिय खाना संगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने उहाँले बताउनुभयो ।

पुष ०७, चितवन – तस्विर अंकित भगत । भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष विकास थापाले नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताएका छन् । दर्शन मिडिया प्रा।लि।ले आइतबार लिटिल फ्लावर स्कुलमा आयोजना गरेको वडाअध्यक्षसँग विद्यार्थी (जनप्रतिनिधि र विद्यार्थीबिच अन्तरसंवाद) कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले यस्तो बताएका हुन् ।
‘वडाका जनप्रतिनिधिहरुको सम्बन्ध सम्पूर्ण वडावासी नागरिकहरुसँग जोडिएको हुन्छ’ वडाध्यक्ष थापाले भने, ‘यस्तो सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।’ वडाध्यक्ष थापाले पहिलेपहिले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सिफारिस आदिको काम गर्न नगरपालिका नै धाउनु पर्ने अवस्था रहेको तर अहिले यी सबै काम वडा कार्यालयबाटै हुने गरेकोले नागरिकलाई सहज भएको बताए ।


कार्यक्रममा बोल्दै वडा सदस्य एवं महानगर कार्यपालिका सदस्य सुकमाया परियारले विद्यार्थी भाइबहिनीसँग प्रत्यक्ष संवाद गर्न पाउँदा, विद्यार्थीका जिज्ञासाहरु सुन्न पाउँदा खुसी लागेको बताइन् । उनले सरसफाइको काम, विकासको काम निरन्तर भइरहने कुरा भएको विचार व्यक्त गरिन् ।
वडा सदस्य कमला बोलखेले विद्यार्थी र जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रम वर्षको एकपटक राख्नु पर्ने सुझाव दिइन् । अर्का वडा सदस्य राम लोहनीले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रममा निकै राम्रा कुरा उठेको उनको भनाइ थियो । वडा सदस्य माधव अर्यालले कार्यक्रममा विद्यार्थीहरुबाट वातावरण, सरसफाइलगायत विविध प्रश्न आएको बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ भित्र रहेका चमेलीदेवी पिया राष्ट्रिय मावि, लिटिल फ्लावर स्कुल, सिद्धार्थ इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुल, सेन्ट्रल इंग्लिस स्कुल, भृकुटी बोर्डिङ स्कुल र मुनलाइट बोर्डिङ स्कुलका विद्यार्थीहरु र प्रतिनिधि शिक्षक एवं वडा सचिव माधव सुवेदीको सहभागिता रहेको थियो । वडा सचिव सुवेदीले वडाले दिने सेवा सुविधाको बारेमा स्पष्ट पारेका थिए। कार्यक्रममा व्यवस्थापकीय भूमिका निर्वाहा गरेको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर मन्जुस एस जे र पत्रकार एवम् प्राध्यापक मधुसुदन दवाडीले यस्ता कार्यक्रमले विध्यार्थीमा स्थानीयप्रतिको जानकारी र विश्वास बढ्ने बताएका थिए।
दर्शन मिडियाका कार्यकारी निर्देशक प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका लागि वडा नम्बर ३ को कार्यालयले आर्थिक सहयोग गरेको थियो ।कार्यक्रम पत्रकार अजिता अधिकारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा करिव चार सय विध्यार्थी सहभागी थिए।

Subcategories