News

जेठ १५ काठमाण्डौं ।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने योजना सहित उक्त बजेट विनियोजन गरिएको बताउनुभयो । उहाले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि मात्रै २ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने उहाले बताउनुभयो । अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ । सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्या्इने उहाले बताउनुभयो । सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने मन्त्री महतको भनाइ छ । महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताउनुभयो । त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने उहाको भनाइ छ । उहाले दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत घोषणा गर्नुभयो । बाइट...........

त्यस्तै सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि बजेट घटाइएको छ ।

त्यस्तै सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब, ९७ अर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री महतले विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको बताउनुभयो । उहाले प्रारम्भिक बाल विकास केन्द्रको पुन नक्सांकन गरिने जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै सरकारले उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

जेठ १५ काठमाण्डौं ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्व ९९ करोड रुपैया विनियोजन गरेको छ । 

सोमबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने कार्यक्रमसहितको उक्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री महतले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने बताउनुभयो । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने उहाले बताउनुभयो । उहाले सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गरिने, वीर अस्पतालको वर्न युनिटलाई सुविधासम्पन्न वर्न अस्पतालको रुपमा विकास गरिने बताउनुभयो । त्यस्तै मन्त्री महतले सबै संघीय अस्पतालबाट मृगौला प्रत्यारोपण हुने व्यवस्था गरिने र स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । निशुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको र सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरिएको उहाले बताउनुभयो । 

त्यस्तै सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब, ९७ अर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री महतले विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको बताउनुभयो । उहाले प्रारम्भिक बाल विकास केन्द्रको पुन नक्सांकन गरिने जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै सरकारले उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।

जेठ १५, काठमाण्डौं।  १६ औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । दिवसका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गर्नुका साथै सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सवैधानिक निकायका प्रमुख लगाएको उपस्थीति रहेको थियो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि गणतन्त्र दिवस मनाउदै आइएको छ । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

Subcategories