News

भदौ २४, भरतपुर । तस्विर : अंकित भगत । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले चितवनमै पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरेको छ। भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरेको हो । अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा . प्रमोद लामिछाने, अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. अनिल भट्टराईसहितको टोलीले जोर्नी प्रत्यारोपण गरेको सोमबार अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।


‘केही महिना अघि काठमाण्डौँको बि.एण्ड.बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएकोमा अहिले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलोपटक प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष समेत रहनुभएका डा.प्रमोद लामिछानेले बताउनु भयो । यस अस्पतालले भदौ १६ गते सफलता पुर्वक प्रत्यारोपण गरेको हो ।
विगत १३ वर्षदेखि हाडजोर्नीको उपचारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको यस अस्पतालले हालसम्म गरेको जोर्नी प्रत्यारोपणको अनुभवको आधारमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको डा भट्टराईले जानकारी दिनुभयो । डा. भट्टराइका अनुसार कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीको सङ्ख्या ज्यादै न्युन हुन्छ । त्यसकारण पनि नेपालमा यसको उपचार सबै ठाउँमा सम्भव नभएको हो। तर, एलाइभले आगामी दिनमा यस्तै खालको समस्या समाधान गर्न सकिने उहांको भनाइ छ।

‘घुँडा र कम्मरको जोर्नी प्रत्यारोपणको तुलनामा कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामी कम भएको तर अबदेखि कुहिनाको जोर्नी प्रत्यारोपण पनि गर्न सक्ने उहांको भनाइ थियो। बिरामी रामसुन्दर जोशीले उपचार हुँदैन भनेर बसेको समस्या पनि समाधान भएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै जोशीले भन्नुभयो मैले अहिलेसम्म छोटो कपडा लगाएको थिएन।

जोर्नी प्रत्यारोपणपछि पहिलोपटक छोटो कपडा लगाएँ,’ पत्रकार सम्मेलनमा हाफ बाउला भएबताउनुभयो । बिरामी जोशीका अनुसार पाँच, छ वर्षको उमेरमै कुहिनामा चोट लागेको थियो। करिब ५० वर्षपछि बल्ल सही उपचार पाएको बताउनुभयो । अस्पतालले ४८ वर्षदेखि कुहिनाको समस्या भएका भरतपुर १० का ५५ वर्षिय पुरुषको जोर्नी शल्यक्रिया गरेको हो । एलाईभ हस्पिटलले यसअघि सयको हाराहारीमा घुँडाको प्रत्यारोपण गरिसकेको छ । एलाइभमा एक सय ५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपक तथा मेरुदण्डको अपरेशन, घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण गरिसकेको डा. प्रमोद लामिछानेले जानकारी दिनुभएको छ । ।

२० भदौ, हेटौंडा । मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा बिहीबार आगलागी भएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा मध्यान्ह आगलागी भएको हो। त्रिभुवन राजपथको दामन शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका ४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् । सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले बताए । ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

 


काठमाण्डौ, १७ भदौ ।
ग्लोकल प्रा. लि. द्वारा आयोजित “गोल्छा ग्रुपद्वारा प्रस्तुतग्लोकल टीन हिरो २०२४” रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले, जित्न सफल भएका छन्। ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोर किशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ।शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द् सोल्टी काठमाडौमा गरिएको हो । 
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा;सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्कीरश्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्साबीच ग्लोकल टीन हिरोचयन गरिएको थियो ।
घनश्याम विश्वकर्माएक सामाजिक कार्यकर्ता हुन्, जो रुकुमबाट बालबालिका र किशोर किशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन्। बाल अधिकार, मानसिक स्वास्थ्य, जलवायु र बाल विवाहको विरुद्धको संघर्षमा उनको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ। राष्ट्रिय किशोर किशोरीबाल नेटवर्क नेपालका अध्यक्षको रूपमा, उनी बाल अधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध छन । उनी विभिन्न संघ–संगठनहरूसँग सहकार्य गर्दै यौन र प्रजनन् अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र अनलाइन सुरक्षा जस्ता महत्वपूर्ण मुद्दाहरूको सम्बोधन गर्छन्। उनले बाल यौन शोषण विरुद्धको संघर्ष र रिपोर्टिङ प्रणालीलाई सुदृढ पार्न शैक्षिक कार्यशालाहरूको नेतृत्व गर्छन्, जसले युवाहरूलाई आफैंलाई र आफ्ना साथीहरूलाई सुरक्षित राख्न सशक्त बनाउँछ। जलवायु न्यायका लागि अभियन्ताको रूपमा, उनी बालबालिकाको स्वस्थ वातावरणमा अधिकारको बारेमा कार्यशालाहरू आयोजना गर्छन्, जसले भविष्यका पुस्ताहरूको सुरक्षा सुनिश्चित गर्न वातावरणीय दिगोपनाको महत्त्वलाई जोड दिन्छ ।

घनश्यामको बाल अधिकार अभियन्ताका रूपमा गरेको कामले समाजमा ठूलो प्रभाव पारेको छ, जसले बालबालिकालाई सशक्त बनाएको, सचेतना बढाएको, र नीति परिवर्तनहरूलाई प्रभाव पारेको छ। उनले बाल यौन शोषण र जलवायु न्यायका विषयमा सञ्चालन गरेको शैक्षिक कार्यशालाहरूले युवाहरूलाई आफ्ना अधिकार र भलाइको वकालत गर्न आवश्यक ज्ञान र उपकरणहरू प्रदान गरेको छ। उनका प्रतिभा प्रदर्शनीहरूले बालबालिकालाई आफ्नो सिर्जनात्मकता व्यक्त गर्न, आत्मविश्वास निर्माण गर्न, र आफ्ना आवाजहरू विकास गर्न मञ्चहरू प्रदान गर्छन्। उनले बाल अधिकार, बाल विवाह, मानसिक स्वास्थ्य, र अनलाइन सुरक्षाका बारेमा सचेतना जगाउन रेडियो सानोभेरी एफ.एम.मा बाल चौतारी कार्यक्रमको संचालन गर्छन्। कोभिड–१९ महामारीको समयमा, उनले बालबालिका र परिवारहरूको सुरक्षा गर्नका लागि महत्वपूर्ण जानकारीहरू प्रसारणमा महत्वपूर्ण भूमिका खेले, जसले उनीहरूलाई आवश्यक स्रोतहरू र समर्थनहरू उपलब्ध गरायो। उनका सरकारी र गैर–सरकारी संघ–संगठनहरूसँगका सहकार्यहरूले बाल संरक्षण नीतिहरूलाई प्रभावित पारेका छन्, जसमा अनलाइन बाल यौन शोषणको उन्मूलनको प्रयासहरू पनि समावेश छन ।
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको उत्कृष्ट ६ फाइनलिस्टहरूलाई उनीहरूको उपलब्धि, पहल, योगदान र कामको प्रभावको आधारमा अन्तिम चरणका लागि छानिएको थियो । फाइनलिस्टहरूले विभिन्न विषयमा आत्म–क्षमता कार्यशालाहरूमा भाग लिएका थिए र उनीहरूले विभिन्न उद्योगी, कर्पोरेट व्यक्तित्व, कूटनीतिज्ञ व्यक्तित्व र सरकारी व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने अवसर पाए, जसले उनीहरूको ज्ञानलाई विस्तार ग¥यो ।
यस बर्षको निर्णायक टोलीमा Ace Institute of Management का डाइरेक्टर  आशिष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर  चन्द्रिका कालिया, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि, प्याट्रिसिया फर्नान्डेज पाचेको,गोल्छाग्रुप प्रा. लिमिटेडकी डाइरेक्टर सीमा गोल्छा, तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहनु भएको थियो ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघ संस्थाहरु साझेदारका रुपमा जोडीएका छन्। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रपसँग साझेदारी गरेको छ  रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघ संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी पंचकन्या गु्रप,नबिल बैंक,डिशहोम गो, Ace Institute of Management र रियल् जुस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा कोजी होमसएयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्स सपी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंग  आउटरिच पार्टनरको रूपमा NoNextQuestion(NNQ  ई सेवा, नेपाल टेलिकम, पिज्जा हटर आईएमएस गु्रप रहेका छन ।

ग्लोकल टिन हिरोको यात्राले विगत दशकमा युवा नेतृत्व र सामाजिक प्रभावको सम्भावनाहरूलाई नयाँ परिभाषा दिएको छ । यसकोे सुरुआतदेखि नै यो प्रेरणाको एक राष्ट्रिय मञ्चमा परिणत भएको छ, जसले असंख्य किशोर किशोरीहरूको कथाहरू उजागर गरेको छ र उनीहरूलाई आफ्ना समुदायहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गरेको छ

 

Subcategories