News

काठमाडौँ, साउन १(

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताउनुभयो । “सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय९समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ”, उहाँले भन्नुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उहाँको भनाइ थियो । उहाँले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो । प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताउनुभयो । मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताउनुभयो ।ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने उल्लेख गर्दै भन्नुभयो, “बालबालिका भविष्यका कर्णधार हुन् तिनलाई फस्टाउन दिनुपर्छ ।” प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताउनुभयो । रासस

काठमाडौं,असार ३१ .

प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२, २०७४ / २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री बनेका थिए । सरकारमा एमालेबाट विष्णु पौडेल अर्थ, पृथ्वीसुब्बा गुरुङ सूचना प्रविधि तथा संचार, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र रक्षा मन्त्रीमा मानवीर राईले शपथ लिँदैछन् । कांग्रेसबाट नेतृत्व गरेर प्रकाशमान सिंह शहरी विकास मन्त्रालयको नेतृत्वमा गएका छन् । कांग्रेसबाट गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु राणा देउवा मन्त्री बनेका छन् ।

चितवन । सिमलताल पहिरोमा परेको बससंगै त्रिशूली नदीमा हराएका माडी-१ भंगेताका विकास परियारको दुःखद् मृत्यु भएको छ ।

शनिबार गैंडाकोट नगरपालिका-७ गैह्रीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको दुईमध्ये एक शव परियारको रहेको पहिचान भएको हो ।

मृतकको दाजु विजय परियारले शवको सनाखत गर्नुभएको हो । परियारको शव हाल भरतपुर अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम हुन बाँकी रहेको विजयले जानकारी दिनुभयो ।

फ्रिल्यान्सर फोटोग्राफीको काम गर्दै २२ बर्षीय दिवंगत विकास परियार असार २८ गते काठमाडौंमा हुने एक विवाह समारोहको फोटो खिँच्न असार २७ गते राती करीब ११ बजे भरतपुर सारदानगरका एक सहकर्मी फोटोग्राफर सुदीप बिक सहित भरतपुर विशालचोकबाट बागमती प्रदेश १५१६ नम्बरको एञ्जल डिलक्स बस चढेका थिए ।

परियारले बरुवास्थित सोमेश्वर मा.वि.बाट कक्षा १२ उत्तीर्ण गरेका थिए । हालै विवाह भएका उनको परिवार माडी-१ भंगेता गाउँमा बस्दै आएको छ । परियारको दुःखदु मृत्यु भएसंगै उनको परिवार, आफन्त र छिमेकसंगै समग्र माडी क्षेत्र शोकमा परेको छ ।

Subcategories