News

मंसीर १९, नवलपुर ।


लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वुको कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ । जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणना अनुसार यहाँ पाँच सय १७ गिद्ध भेटिएको जानकारी दिए । “रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो”, उनले भने, “हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।” समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ । नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पु¥याएका बताए । समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ । “नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो”, उनले भने, “त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।”

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उनले जानकारी दिए । त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उनको भनाइ छ । जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उनले बताए ।

केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको अध्यक्ष चौधरीले बताए । प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उनले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताए । गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ ।

“छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरु मरेपछि गिद्धको आहारमा प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ”, उनले भने, “यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन सुरु गर्ने तयारी गरेका छौँ ।” संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने उल्लेख गर्दै उनले यसबाट जनचेतना फैलाउने हुँदा संरक्षणमा दिगोपना ल्याउने बताए ।

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति ुहाडफोर बाहेकुका गिद्ध पाइने अध्यक्ष चौधरीले बताए। उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन् । समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरुपमा आहारा मासुु खुवाउने गरिएको छ ।

गिद्धलाई आहारा खुवाउने दिनमा पर्यटनसँग जोडिएका सङ्घसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी गरिएको छ । “रेष्टुराँ व्यवस्थापन समितिले यहाँ हरेक दुई दिनमा गिद्धलाई मासु खुवाउने गर्दछ”, उनले भने, “उनीहरुले प्राकृतिक रुपमा पनि मासु खाने गरेका छन् तर यहाँ प्रजनन केन्द्रमा प्रजनन भएका साना गिद्ध पनि भएकाले हरेक दुई दिनमा मासु खुवाउने गरिएको हो ।” पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको उनको भनाइ छ ।

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको बताए । डाइक्लोफेनेकको अवैधानिक प्रयोग, सिनोमा विषको प्रयोग, बासस्थान तथा आहारको अभाव, पर्याप्त संरक्षण चेतनाको कमीका साथै अन्य पर्यावरणीय चुनौतीका कारण प्रकृतिबाट गिद्ध लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । प्राकृतिक कुचीकारको रुपमा रहेको गिद्ध संरक्षणमा पहल तथा चुनौतीबारे छलफल गर्दै संरक्षणमा योगदान पु¥याउने उद्देश्यले हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने गरिएको छ ।

 

मंसीर १८, चितवन ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५आर नेपाल क्लष्टर नं. ५ को आयोजनामा लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर, नेपाल का क्लष्टर चिफ लायन पुरन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेज्यू प्रमुख अतिथि रहनु भएको थियो ।

लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रममा १२ वटा लायन्स क्लवले १२ वटा विद्यालयका २१ जना विद्यार्थीहरुलाई कार्यक्रममा सहभागिता गराएका थिए । प्रतियोगितामा निर्णायकको भुमिका प्रदान गर्नु हुने यसै डिष्ट्रिक ३२५आर, नेपालका पूर्व डिष्ट्रिक गभर्नर एवं इभ्यालुएसन मेन्टर लायन राजकुमार श्रेष्ठज्यूले लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगिता सम्बन्धी नियम तथा यसका उद्देश्य र महत्व लगाएतका विषयमा विस्तृत रुमपमा प्रकाश पार्नु भएको थियो । लायन्स क्लव अफ भरतपुर मिड टाउनको तर्फबाट ओम शान्ति एकेडेमिका छात्र अनमोल न्यौपाने प्रथम ९विजेता०, लायन्स क्लव अफ चितवन माउण्ट एभरेष्टको तर्फबाट स्काई राइडर स्कूल, टाँडीका छात्र आदर्श वस्ती द्वितीय र लायन्स क्लव अफ चितवन लंकूको तर्फबाट लक्ष्मी मा।वि।का समिर चालिसे तृतिय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद सहित प्रमाण–पत्र र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागितको प्रमाण–पत्र र कलर पेन्सिल सेट उपहार स्वरुप डिष्ट्रिक ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेज्यूबाट प्रदान गरिएको थियो ।

कार्यक्रममा डष्ट्रिक ३२५आर, नेपालका द्वितीय भाईस डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाज्यू विशिष्ट अतिथि र अतिथिमा एक्जुकेटिभ चिफहरु कमल श्रेष्ठ, माधव पौडेल र एक्जुकेटिभ को–चिफ बालगोपाल चुकेज्यू डिष्ट्रिक चिफ रामजी पौडेल एवं लायन लिडरहरु लगाएत क्लब अध्यक्ष एवं विभिन्न विद्यालयका वि।व्य।स। अध्यक्ष, प्रधानाध्यापक र शिक्षकज्यूहरुको उपस्थिति रहेको थियो ।

लक्ष्मी मा।वि। लंकूको हलमा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन एवं कष्टर सचिव लायन गोविन्द अर्यालज्यूले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजक लायन्स क्लव अफ भरतपुर मिड टाउनका अध्यक्ष लायन ई। उमेश ढकाल रहनुभएको थियो ।

चितवन,१७ मंसिर।

पर्यटकिय नगरी चितवनको सौराहामा यहि मंसीर २२ र २३ गते दोस्रो नेपाल गोही संरक्षण मेला २०८० को आयोजना हुने भएको छ । गोही तथा नदी प्रणालीको सुरक्षाका लागि समुदायको एक्यबद्धता भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएका केयर फर नेचर की संयोजक रञ्जना भट्टले पत्रकार सम्मेलनमा जानकारी दिइन् । यस संस्थाले यस अघि पश्चिम चितवनको मेघौलमा प्रथम गोही संरक्षण मेला सम्पन्न गरि सकेको छ । संसार भर पाइने बिभिन्न गोहीका प्रजातीहरु मध्ये नेपालमा पाइने घडियाल र मगर गोही विभिन्न संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्र वरपरका नदी, ताल तथा सिमसार क्षेत्रमा पाइने हुंदा यीनीहरुको संरक्षण गर्न सहयोग पुगोस भन्ने हेतुले गोही संरक्षण मेला गर्न लागिएको संयोजक भट्टको भनाइ छ ।

गोही मेलामा घडियाल र मगर गोही संरक्षणका लागि नदीमा आश्रित समुदायहरु, बिद्यालयका विद्यार्थी, स्थानीय पर्यटन व्यवसायी, नेचर गाइड, मध्यवर्ती सामुदायिक वन, चोरी शिकारी नियन्त्रण युवा अभियान, संरक्षणप्रेमी व्यक्तित्व, स्थानीय समुदायहरुको संयुक्त सहभागितामा आयोजना हुनेछ । फरक प्रकृतिको यस मेला गोही प्रजातीका सूचनामुलक श्रव्य द्रिष्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकन गर्न सकिने छ । साथै स्थानीय कला, संस्कृति, खानाका परिकार लगायतका स्टलहरु हुनेछ । मेलाको अवधिभर संरक्षण सम्बन्धि नाटक, गित, नृत्य तथा पेंटिंग कार्यक्रमहरु  हुनेछन् भने बिद्यालयका बिद्यार्थीहरुका लागि, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका अन्तर्गतका ८ बिद्यालयहरुमा संरक्षण शिक्षा कार्यक्रम संचालन हुनेछ । कार्यक्रमलाई सहजीकरण र संचालनका लागि गोहीका बिषयमा अनुसन्धान गरेका अन्तरराष्ट्रिय बिज्ञहरु सहित राष्ट्रिय स्तरका अनुसन्धानकर्ता, बिज्ञ तथा विश्वविद्यालयका बिद्यार्थीहरुको उपस्थिति रहने छ ।

    चितवन राष्ट्रिय निकुन्ज र यसको वरपरका नदि तथा सिमसार क्षेत्रमा यसको राम्रो बासस्थान भएता पनि विभिन्न चुनौती र समस्याका कारण यिनीहरुको संख्या क्रमिक रुपमा घटिरहेको तथ्य विभिन्न अनुसन्धानले देखाएको छ र हाल घडियाल गोही ूअति संकटापन्न प्रजाती र मगर गोही जोखिम अवस्थामा सुचिकृत रहेको छ । नेपाल सरकार, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैह्र सरकारी संस्था र स्थानीय समुदायको सक्रियताका बावजुत पनि यी प्रजातीहरुको प्राकृतिक बासस्थान र संख्या घट्दै जानु संरक्षणका लागि गम्भिर चुनौती बन्दै गइरहेको सन्दर्भमा गोही प्रजातीहरुको प्रभावकारी संरक्षण, स्थानिय समुदायको थप सहभागिता, वैज्ञानिक सूचना र जानकारी, समग्रमा गोही प्रजातीको दिगो संरक्षण रणनीति तयार र नयाँ पिंढीमा संरक्षण संस्कृतिको विकास गर्नु अत्यन्त आवश्यकिय विषय रहेको छ । मेला दुइ दिन सम्म चल्ने छ ।

Subcategories