News

मंसीर ६ भरतपुर। 

पूर्वी चितवनको खैरहनीमा आज बुधबार बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ । खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेत रहेको खुलेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । शव पहिचान भएपछि बस्नेतको परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मृतक बस्नेत भरतपुरमा बस्ने गर्दथे । नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनको शव फेला परेको थियो ।

 

मंसीर ६ भरतपुर। चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. ९ मिलनचोक नजिकै केरुङ्गा नहरको पुलमुनी बोरामा प्याक गरिएको अवस्थामा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ । दुबै जनाको हात, खुट्टा बाँधिएका अवस्था भेटिएको डिएसपी पण्डितले जानकारी दिए ।

खोलामा माछा मार्न गएका एक व्यक्तिलाई गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए।शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने उनको भनाइ छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शवको सनाखत हुन बाँकी छ ।

चितवन, मङ्सिर ४ ।

चितवनको वनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बिहान पाटे बाघ मृत फेला परेको हो । अन्दाजी ६÷७ वर्षको पोथी बाघ मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको तिवारीले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन् ।

Subcategories