News

बैशाख २७, काठमाण्डौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो । उनीहरुले कसैको दवावमा दोषिले उन्मुक्ति नपाउने गरि कारवाही गर्न माग गरेका छन् । बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको थियो । प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सवै जनताहरु सरकारको साथमा रहेको भन्दै खुट्टा कमाउने नहुनेमा जोड दिनुभयो । 

प्रदर्शनमा सहभागीहरूले हाम्रो कर मिलेर लुट्न बन्द गर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात–टोपबहादुरलाई ओलीको साथ, शरणार्थीको प्रकरणको सक्कली छानबिन होस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

चितवन, वैशाख २६ ।

सरकारले सहकारी क्षेत्रमा देखिएको समस्याको सुधार गर्नका लागि कार्यदल गठन गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल २०८० गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकले बिदेशबाट आउदा आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्थाका लागि झिटीगुण्टा सम्बन्धी सूचना नियमावली संशोधन गर्ने निर्णय गरेको छ भने नेपाल कृषि वन सेवा समिकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले नेपाल व्यापार एकीकृत रणनीति २०८० स्वीकृत गरेको छ । त्यस्तै बैठकले ढल्केवर–वाणगंगा १३२ केभि प्रशारण लाईन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने, कोहलपुर बितरण केन्द्रका लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै बैठकले केहि सहसचिवको सरुवा गर्ने निर्णय पनि गरेको छ भने इसिमोड बोर्ड अफ गनरनेन्स मिटिङमा सहभागी हुन योजना आयोगका उपाध्यक्षलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

चितवन, वैशाख २६ ।

श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले) चितवनले आर्थिक सहयोग गरेको छ । एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई आज १ लाख १ हजार १ सय २१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीचोक नजिकै प्रेस चौतारीको देशकै पहिलो भवन निर्माण थालिएको छ । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष न्यौपानेले चितवन चौतारीले आफ्नो भवन बनाउन सुरू गरेकोमा खुशी व्यक्त गरे। अध्यक्ष न्यौपानेले पार्टीका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उनले पार्टी निकटका शुभेच्छुक, समर्थक र विभिन्न पेशागत संघ संगठनहरुलाई पनि चौतारीको भवन बनाउन सहयोग गर्न अनुरोध गरे ।

सो कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, एमाले नेता यमबहादुर परियार, जिल्ला सचिव शैलेस खनाल, कार्यालय सचिव श्याम विष्ट, चौतारीका संस्थापक अध्यक्ष रामबावु सुवेदी, पूर्व केन्द्रीय सदस्य तिलक रिमाल, पत्रकार महासंघका सहसचिव आनन्द पोखरेल लगायतको सहभागीता रहेको थियो ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा चौतारी चितवनले तीन तले सुविधासम्पन्न भवन बनाउने कामको थालनी गरेको छ । भवन निर्माण समितिका संयोजक समेत रहेका चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले थोपाथोपा मिलेर सागर बन्छ भने जस्तै सबैको सानोसानो सहयोगले चौतारीको देशकै पहिलो भवन चितवनमा बनाउने अठोटका साथ अगाडि बढेको बताए । उनले भवन निर्माणमा सबैबाट सक्दो सहयोगको अपेक्षा राखेको बताए ।
भवनको हालै शिलन्यास गरेर निर्माण प्रक्रिया शुरु भईसकेको छ । आर्थिक सहयोगका लागि चौतारीले भवन निर्माणको छुट्टै खाता सञ्चालन गरेको छ ।

Subcategories