News


चितवन बैशाख २९ ।


चितवनको नारायणघाटमा फरक विचारको उत्सवको रूपमा ’चित्तौन कचेहेरी’ सुरु भएको छ । विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा शुक्रवार(आज) बिहानबाट सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको आयोजकमा मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिर रहेका छन् । चितवनको पहिचानसंगै देशको समस्या र सम्भावनाको खोजि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको चित्तौने कचेहेरीका सहनिर्देशक डा.जिवन क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रमको स्वागत मन्तव्य राख्नुभएका क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्तिहरु जनताको समस्याहरुलाई सामाधान गर्न तर्फ नलागेको धारणा राख्नुभयो । सभ्य समाज निर्माणको लागि चित्तौने कचहरीको आयोजना गर्न लागिएको उहाँको भनाई छ ।
कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताउनुभयो । दुई दिनसम्म कार्यक्रममा मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने जनाईएको छ । कचेहेरीको पहिलो दिन ७ वटा विषयमा प्यानल छलफल हुनेछ ।
’घर गाउँको सिंहदरबारः कति विकास, कति शासन?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति’ विषयमा शुक्रबार प्यानल छलफल हुनेछ । शुक्रबार नै ,थाहा? सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा, नाटक प्रस्तुत गरिने तिवारीले बताउनुभयो ।
शनिबार ’विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?, कसरी लेखिँदैछ चितवनको आख्यान?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ’स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम समेत हुनेछ । उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाँच समेत प्रस्तुत गरिरहेको थियो । अहिले साहित्यकार राधा पौडेलले आफ्नो प्रस्तुती प्रस्तुत दिई रहनुभएको छ ।

 

वैशाख २७, चितवन ।

चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए ।

प्रहरीका अनुसार पाल्पा रामपुर स्थायी ठेगना भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।

बैशाख २७, काठमाण्डौं ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार न्यायाधीश उत्तम सिलवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज बुधबार बिहान निवासबाटै पक्रेको थियो । वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगेको थियो ।

Subcategories