News


चैत ११, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ । नेपाल कराते महासंघको सातौ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बहुवर्षिय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भईरहेको उल्लेख गर्नुभयो ।
रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भईरहेको जानकारी दिनुभयो ।
ूमैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउछौ भनेको थिएूउहाँले भन्नुभयोू निरन्तर पहल भएकै छ । केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु । ऋणको निकास हुनेसाथ रंगशाला निर्माण अघि बढाउन समस्या छैन।
महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र ५ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गर्नु भयो ।गौतम बुद्ध क्रिकेट रंगशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रंगशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने प्रमुख दाहालले बताउनुभयो।
भरतपुर महानगरपालिका नेपालका ७५३ पालिका मध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको उल्लेख गर्नुभयो ।
भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उहाँको भनाई थियो ।
महानगरपालिका प्रमुख दाहालले अब छिट्टै भरतपुरमा साईकलिङ प्रतियोगिता र लगत्तै वागमती प्रदेश र भरतपुर महानगरपालिकाको सहकार्यमा क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो ।
भरतपुर–२२ को पहिटानीमा शनिबारदेखि सुरु भएको अधिवेशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यबाट उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासको लागि नेपाल सरकार सधै सकारात्मक रहेको उल्लेख गर्नुभयो । अधिवेशले नयाँ नेतृत्व चयन गर्दै ७ औ अधिवेश समापन हुने आयोजकले जनाएको छ ।

चितवन, चैत्र ८
भरतपुर महानगरपालिमा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगतका दुई वटा सडकको शिलयान्स गरिएको छ । भरतपुर ९ स्थित काँडाघारी र भरतपुर २५ स्थित किसान चोकमा आज एक कार्यक्रमका आयोजना गरि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख दाहालले एकीकृत सहरी पूर्वाधार योजना अन्तरगत दोस्रो प्याकेजका रुपमा भरतपुर महानगरपालिकामा सडक निर्माणका साथै बसपार्क निर्माणका लागि योजना ल्याएको बताउनुभयो । अघिल्लो बर्ष सघन सहरी तथा भवन निर्माण आयोजनाबाट भरतपुरमा दुई अर्बका योजना सुरु भएका थिए । यी आयोजना सम्पन्नको चरणमा रहेको उहाँले बताउनुभयो । यस बर्ष स्मार्ट सिटी आयोजना अन्तरगत भरतपुरमा ११ वटा प्याकेजमा ४१ करोडका आयोजना सुरु भएको उहाँले बताउनुभयो । द्रोस्रो प्याकेजका रुपमा शिलन्यास भएका योजनाहरु समयमै समपन्न गर्न उहाँले निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो । उहाँले समयमा काम नसक्ने १४ वटा कम्पनीलाई कारबाही गरेको समेत जानकारी दिनुभयो ।
एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तगतका सबै योजना संघन सहरी तथा भवन निर्माण आयोजनाले एउटै कम्पनीलाई ४१ करोड १९ लाख रुपैयाँमा ठेक्का दिएको छ । आयोजनाका लेखा अधिकृत ओम बहादुर खड्काका अनुसार भरतपुरको महालक्ष्मी, ओम सत्य साई जेभीसंग फागुन १० गते ठेक्का सम्झौता गरिएको हो । यी योजनाको म्याद २०८१ भदौ ९ गतेसम्म रहेको खड्काले जानकारी दिनुभयो । योजना अन्तरगत सडक कालोपत्रे १८ किलोमिटर हुनेछ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत देवघाटमा बस पार्क, नारायणी सि बिच, नारायणीमै आरती भवन र भरतपुरका ९ वटा सडक निर्माणको ठेक्का सम्झौता भएको छ । काँडाघारीदेखि वडा नम्बर ८सम्मको सडक निर्माणका लागि २ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै किसानचोक स्थित विकास चोक हुँदै बेतली खोलाको पुलसम्मको साढे ५ किलोमिटर सडक पिच गर्नका लागि १० करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


२०७९ चैत्र ८ । भरतपुर
रोटरी क्लब अफ नारायणगढले आज एक कार्यक्रम बिच बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा पाँच थान ह्विलचेयरहरू वितरण गरेको छ । क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले उक्त ह्विलचेयरहरू क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केको उपस्थितिमा अस्पतालका निर्देशक डा. देजकुमार गौतमलाई हस्तान्तरण गरेको हो ।
सेवालाई स्वार्थभन्दा माथी राख्नुपर्छ भन्ने मान्यताकासाथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केले धन्यवाद दिएका थिए । त्यसैगरी अस्पतालका निर्देशक डा. देजकुमार गौतमले नारायणगढ रोटरी क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ह्विलचेयरले अस्पतालका बिरामीहरूलाई उपचारको क्रममा यताउती हिँडडुल गर्न सजिलो पर्ने बताए ।
नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै धेरै ठाउँमा सहयोग गर्दै आएको जानाकारी गराउँदै आगामी दिनहरूमा पनि आवश्यकता हेरी क्लबले अस्पतालका र त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरूका लागि सहयोग गर्ने बताए । उक्त पाँचथान ह्विलचेयरहरू आप्mनो स्वर्गीय पिताजी नारायणबहादुर प्रधानको स्मृतिमा उनले सौजन्य गरेका हुन् ।
कार्यक्रममा क्यान्सर सेवा समाजका अन्य पदाधिकारीहरूकासाथै सबैकी आँखाकी नानी छायाँ श्रेष्ठ, नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश पौडेल, सुसनलाल प्रधान लगायत सदस्यहरू देवमाया श्रेष्ठ, ज्ञानुमाया श्रेष्ठ र अजिता पियाको उपस्थिति रहेको थियो ।

Subcategories