News

चितवन, चैत २ ।

चितवनमा जारी प्रथम चितवन नेपाली जुत्ता,चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निष्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला २०७९” को १५ दिनको प्रदर्शनी समिक्षा कार्यक्रम यस्तो निष्कर्ष निकालिएको हो ।
स्वदेशी उत्पादन र स्वदेशी उधोगको प्रर्वद्धनमा आयोजित मेलाका कारण सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा परेको छ । स्वदेशी उत्पादनलाई प्रर्वद्धन चितवन प्रशासन सधैब अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
मेलामा दैनिक ५ हजार जनाका दरले हालसम्म करिब ७५,००० जनाले प्रदर्शनीको अवलोकन गरेकोे र अवलोकन कर्ता मध्ये औषतमा ७५ प्रतिशत अवलोकनकर्ताहरुबाट ३० हजार जोर जुत्ता,चप्पलको कारोबार भएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।
पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा पर्यो नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले नेपाली उत्पादन ग्राहकमैत्री बनेको प्रमाणित भएको जानकारी दिए । यही फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता,चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीडले आफुहरु थपि उत्साहित बनेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

 

चितवन, चैत २ ।

नेकपा एमाले चितवनले सरकारले गरेको किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग गरेको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले गरेको निर्णय फिर्ता लिएर किसानलाई थप अनुदान दिन माग गरेको हो । विज्ञप्तिमा गत फागुन २४ गते मन्त्रिपरिषद्को निर्णयले किसानलाई दिँदै आएको ७०.८२ प्रतिशत अनुदान ५९.४ प्रतिशतमा झारेर ११.८ प्रतिशतले कटौती हुदा सर्वसाधारण किसान मारमा परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ यो मुलुकमा ९० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारित छन् । कृषि प्रधान मुलुकको सरकारले किसानको ढाँड भाँचिने गरी गरेको निर्णय बिडम्बनापूर्ण छ । यो जनविरोधी सरकार जनताका कुनै पनि समस्यामा संवेदनशिल छैन । यो त जनतालाई लुटेर देशलाई नै कमजोर बनाउने, आफ्ना मालिकको सेवामा तल्लिन हुने र जनताको जीवनलाई अस्तव्यस्त बनाउने अभियानमा क्रियाशिल रहेको छ ।’ विज्ञप्तिमा एमाले सर्वहारा किसान वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकोले किसान मजदूर वर्गको समस्या पार्टीले आफ्नो समस्याको रुपमा लिँदै आएको उल्लेख गरिएको छ ।

 

 

चैत २, काठमाण्डौं ।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेको छ ।
बिहीबार भएको खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई ९ रनले हराउँदै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो । जितसंगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा घोषणा गरिएको थियो । खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे । भीम सार्की ६७ रनमा आउट भए । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए । यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले । नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ लिए ।

Subcategories