News

चैत १६, काठमाण्डौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाउनुभएको छ । 

रिपोटर्स क्लव नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाउनुभएको हो ।

उहाले सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको उल्लेख गर्नुभयो । नेपालमा हुने चूनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उहाले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गर्नुभयो । ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिनुभयो ।साक्षात्कारमा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिन उचित नभएकाले क्यालेण्डरबाट हटाउने चेतावनी दिनुभयो । संक्रमण न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुङ्गाउनुपर्ने उल्लेख गर्दै ओलीले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने स्पष्ट पार्नुभयो ।ओलीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेको जानकारी दिदै मिटरब्याजीहरुलाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

चैत १६, चितवन ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् । भरतपुरमा करिब २ अर्ब लागतमा ३ वर्षमा बन्ने गरी टर्मिनल भवनको शिलान्यास गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ। चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन्।

 

चैत १६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुने बताउनुभएको छ ।

बिहीबार चितवनस्थीत भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताउनुभएको हो । उहाले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

 

Subcategories