News

फागुन २१, भरतपुर ।
नेपाल भ्रमणमा आएका सांसद, कोरिया नेपाल संसदीय समितिका अध्यक्ष तथा नेपाल–कोरिया मामिलाका सभापति लि साङ हन नेतृत्वको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेटवार्ता गरेको छ ।
भेटवार्ताको क्रममा भरतपुर र कोरियाबीच कृषि, पर्यटन तथा विकासका कार्यमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।
मेयर दाहालले भरतपुरमा भईरहेको विकास निर्माण, कृषि क्षेत्रमा गर्न खोजेको प्रयास र ल्याण्डफिल्ड साईटको बारेमा सभापति हनलाई जानकारी गराउनु भएको थियो ।
दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि सभापति हनलाई कोरिया सरकार तथा नागरिकलाई निम्तो दिनुभयो । भरतपुरमा कोरयिन संस्था निर्माण गर्ने भनेको ल्याण्डफिल साईटको डिपिआर र गुरुयोजना सम्पन्न भईसके पनि काम अगाडि नबढेको भन्दै सभापति हनको ध्यानकर्षण गराउनु भएको थियो ।
भेटवार्ताका क्रममा सभापति हनले नेपालमा प्रचुर सम्भावना रहेकाले विकासको गतिलाई बढाउन सकिने उल्लेख गर्नुभयो ।
हनले चीन र कोरियाले छोटो समयमा गरेको प्रगतिलााई अनुशरण गर्दै नेपालले आफ्ना गतिविधिलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो ।
कोरियाले धेरै समय लगाएर गरेको प्रविधिको विकासलाई नेपालले प्रयोग गर्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल हिमालयको देश भएकाले यहाँको पानीलाई सदुपयोग गर्न सके मात्रै सम्पन्न मूलुक बन्न धेरै समय नलाग्ने उहाँको भनाई थियो ।
हनले वातावरणीय प्रभाव न्यूनिकरणमा नेपाल सरकारले अहिलेबाट ध्यान दिई सुन्दर, सफा र शान्त देश निर्माणमा लाग्न सबैले ध्यान दिन आग्रह गर्नुभएको थियो ।


फागुन २१, भरतपुर ।

 

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय चितवनमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवाग्राहीलाई हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने औल्याउनुभयो । मेयर दाहालले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो । भरतपुर महानगरबासीको सहजताका लागि महानगरपालिका परिसरका छुटै ईकाई बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र हो । नेपाल सरकारले नागरिकका तथ्याडकहरुलाई डिजिटल प्रविधिमा राख्न यो कामको थालनी गरेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले अहिले दैनिक १५ हजार राष्टिय परिचयपत्र छपाईको काम भइरहेको बताउनुभयो । महानिर्देशक पण्डितले अबको एक वर्षभित्र अभियान नै चलाएर दुई करोड नेपालीको तथ्याङक संकलन गर्ने र दुई वर्षभित्र सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो । छपाई भएका परिचय–पत्रको वितरण कार्य चितवनबाटै सुरु गरिएको उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवनमा १५ हजार राष्ट्रिय परिचयपत्र छपाई भएर आएको जानकारी दिनुभयो ।
राष्ट्रिय परिचय–पत्रलाई स्थानीय तहअनुसार सेवा केन्द्र स्थापन गरी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाईने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले यसको थालनी भरतपुर महानगरपालिकाबाट सुरु गरी क्रमश सबै पालिकामा विस्तार गर्ने योजना लिएको उल्लेख गर्नुभयो ।
अब केही समयपछि कुनै पनि काम गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य चाहिने नियम आउने भएकाले छुटेका र यो सेवाबाट बाहिरा भएका नागरिकले सम्बन्धित ईकाईमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।

१८ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं। १० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् । उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार झुण्डिएर मर्छु भनेर धम्काउने र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने आशंका गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकका परिवारलाई बोलाउने काम भएको प्रवक्ता पण्डितले जानकारी दिए ।

Subcategories