News

माघ १८, चितवन ।  तस्विर कोमलचन्द्र भगत
चमेलीदेवी पिया माध्यमिक विद्यालय भरतपुर ३ का छात्र छात्रालाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ ले १० लाख बराबरको पोशाक ५ सय जना छात्र छात्रालाई प्रदान गरिएको भरतपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विकास थापाले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक प्रसाद लामिछाने, प्रधानाध्यापक प्रदिप काफ्ले, सह–प्रधानध्यापक उपेन्द्र बाबु ढकाल, वडा शिक्षा समति सदस्य सचिव हिरामनी चापागाई, वडा सदस्य राम लोहनी,वडा सदस्य माधव अर्याल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम भरतपुर ३ का वडा सचिव माधव सुवेदीले सञ्चालन गरेका थिए ।

माघ १७, चितवन । १७, माघ, चितवन । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो । बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नं। १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।

माघ १७, रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ मालपुर र सिसुवारमा बसोबास गर्ने सीमान्तकृत मुसहर महिलालाई सांस्कृतिक पोसाक वितरण गरिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले दुई बस्तीका २२ जना मुसहर महिलाहरुलाई पोसाक वितरण गरेको हो । निकटमा रहेको सौराहाको पर्यटनसंग जोडेर आयआर्जन गर्ने उद्देश्यले मुसहर समुदायको परम्परागत पोसाक प्रदान गरिएको वनका अध्यक्ष जितु तामाङले जानकारी दिए । मालपुर मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत शान्ताबहादुर पुन र वनका अध्यक्ष तामाङले उनीहरुलाई कालो बुलुज सेतो साडी हस्तान्तरण गरेका थिए ।

लोभलाग्दो मुसहर समुदायको संस्कृतिलाई पर्यटनसंग जोडेर आम्दानीको श्रोत बनाउन सक्ने सम्भावनालाई मध्यनगर गरी पोसाक प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहायक संरक्षण अधिकृत पुनले खोलामा माछामारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदायलाई नदीप्रतिको निर्भरता हटाउन मध्यवर्ती र निकुञ्ज लागिपरेको बताए । सधै माछा मारेर जीवन नचल्ने भन्दै उनले मुसहर समुदायको संस्कृतिलाई सौराहाको पर्यटनसंग जोडेर आम्दानीको स्रोत बनाउनु पर्नेमा जोड दिए ।

वनका अध्यक्ष तामाङले सामुदायिक वनले मुसहर समुदायको विकासका लागि निरन्तर सहयोग गर्दै आएको बताए । मुसहर बालवालिको शिक्षाको लागि अतिरिक्त कक्षा सञ्चालन,पोसाक, स्टेशनरी र छात्राबृत्ती प्रदान गर्दै आएको उनले जानकारी दिए । त्यसको अलवा मुुसहर समुदायको विकासको लागि कोष स्थापना गरी बार्षिक ९० हजार प्रदान, सीपमुलक तालिम तथा बस्तीमा मोज्याक टायर लगाइएको उनको भनाई छ ।

पोसाक हस्तान्तरण कार्यक्रममा महिलाहरुले पोसाक लगाएर परम्परागत नृत्य झाम्टा समेत पारेका थिए । वनकी कार्यसमिति सदस्य सरस्वती चालिसेले सञ्चालन गरेको कार्यक्रममा वनका उपाध्यक्ष सीताराम महतो, सहसचिव वीरबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

Subcategories