News


काठमाडौं,१५ माघ ।
लेखक,निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला ? भन्ने कौतुहलता मेटिएको छ । निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ ।
स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।
आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

 

 


माघ १५, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताउनुभयो । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पार्नुभयो । ‘भरतपुरमा अहिले पनि पर्यटक आईरहनु भएको छ,उहाँले भन्नुभयो,‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुदैछ ।’यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रोसर, स्टिकर, बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाड्ने काम गरिसकेको छ । भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उहाँको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताउनुभयो । महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको प्रमुख दाहालले जानकारी दिनुभयो । दियालो बंगलाको स्तर उन्नतीको लागि ठेक्का आह्वान भई सकेको र भ्रमण वर्षको १० दिन अगाडि पछाडि खुला हुने गरी काम अघि बढेको उहाँले बताउनुभयो । भरतपुरमा जीप सफारी, जङ्गल सफारी,डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रम्ुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उहाँले बताउनुभयो । भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु आयोजना हुदाँ ठुलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षको एक वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले अनुरोध गर्नुभयो । यसको निर्यक्यौल छिटो दिएको खण्डमा अहिलेबाटै प्रचारप्रसार गर्न सजिलो हुने धाराणा राख्नुभयो । सबैको सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै प्रमुख दाहालले भरतपुरले भ्रमण वर्ष आयोजना गरेको भएपनि सम्पूर्ण निजी क्षेत्रका व्यवसायी, चितवनवासी, जिल्लाका सम्पूर्ण पालिकाको रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा होटल व्यवसायीहरुले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए । उनीहरुले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भएपनि भ्रमण वर्षलाई लक्ष्ति गरी विषेश अफर ल्याउने उल्लेख गरे । भरतपुर भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भरतपुर ल्याउन नेपालका ट्राभल ऐजेन्सीसँग अबको केही दिनमै छलफल गर्ने महानगरपालिकाको तयारी छ ।

 

चितवन, माघ १४ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड(नारायणगढ–मुग्लिन०का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । उहाँका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । उहाँले भन्नुभयो, “भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो ।” पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उहाँले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताउनुभयो । उहाँको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ ।

पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उहाँले बताउनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो । आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उहाँका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

जुगेडी–खहरी र सिमलतालका तीन पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काली र नाम्चे खोलाको पुल थप तीन महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उहाँले बताउनुभयो । अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताउनुभयो ।

यो राजमार्गलाई एशियाली विकास बैंक ९एडिबी०को सहयोगमा एशियन मापदण्डानुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । रासस

Subcategories