News

माघ १, चितवन ।

 

चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् । यो निकुञ्ज वन्यजन्तुको जनजीवन अवलोकनका निम्ति प्रसिद्ध छ । चितवन बाह्सिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छ । यस्तै, घडियाल गोही, मगर गोही, अजिंगर लगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका किराफट्यांग्रा यहाँ पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले यहाँको अवलोकन भ्रमण गरेको बताए । पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको उनले उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जापुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।चितवन राष्ट्रिय निकुञ्जको मंसिरसम्मको पर्यटन आगमनको तथ्यांक हेर्दा एक लाख बढी पर्यटक प्रवेश गरेका छन् । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरू छन्। राजस्व आम्दानीको हिसाबले चितवन राष्ट्रिय निकुञ्जमा १० करोडभन्दा बढी राजस्व संकलन भएको छ ।

 


पौष २६, रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । सो अबसरमा उनले सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताए । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उनले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटको असर चौतर्फी रुपमा रहेको छ उनले भने संकटको सामधानको लागि राज्य चनाखो हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने बताए । मानव र वन्यजन्तु बीचको द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जनलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । संरक्षणलाई पर्यटनसंग जोडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सुझाब दिए । चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनु पर्ने उनले बताए । आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महोत्सव गर्ने आट गर्नु चानचुने कुरा नभएको भन्दै उनले रत्ननगर महोत्सवले चितवनको आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे । निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणको काम रोकिनु हुँदैन उनले भने यो दुरगामी प्रभाव पर्ने काम हो अगाडि बढाउनु पर्छ । कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले पूर्वी चितवन विकासको श्रोत वाडफाडका हिसाबले विभेदमा परेको बताए । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुको सोचका कारण पूर्वी चितवन पछाडि परेको बताए । विकासका मुद्धाहरुमा अबको बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले सौराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनको विकासका लागि बहस चलाउन आवश्यक रहेको बताए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशिलता विकासलाई जोड दिएका कारण स्थानीय सरकारले सहयोग र साथ दिएको बताए ।


उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाको आर्थिक सम्भावनाको उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले देशको आर्थिक प्रणालीमा आएको संकट सामधानको लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै उनले महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए । उनले सौराहाको पर्यटनलाई उकास्न पर्यटन गुरुयोजना, शक्तिखोरमा उद्योगिक क्षेत्र निर्माण र रत्ननगर अस्पतालको सेवा सुधार र विस्तार, पूर्वी चितवनको राजमार्गको स्तर उन्नती तथा कृषि र पशुपालन मार्फत रोजगारी सृजना गर्न सरकारसंग माग गरे । कार्यक्रममा संघले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको प्रकाशन समितिका संयोजक सुर्यप्रकास रेग्मीले जानकारी दिए । कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, राप्रपाका केन्द्रीय सदस्य रामहरि कंडेल, समाजबादीका जिल्ला कार्यबहाक अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर क्षेत्री, जनता समाजबादीका अध्यक्ष मुस्तफा अली, नेकपा मालेमा जिल्ला अध्यक्ष तबहादुर विक लगायतले मन्तव्य राखेका थिए । महोत्सव सुरु हुनुपूर्व नेपाल माविबाट शोभायात्रा निकालिएको र शोभायात्रामा २०० बढी संघसंस्थाको उपस्थिति रहेको संघका उपाध्यक्ष तथा शाभायात्रा व्यवस्थापन समितिका संयोजक रामशरण नेपालले जानकारी दिए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा बरिष्ट उपाध्यक्ष निराजन खनालले महोत्सवको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । मकै एक परिकार र प्रयोग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारको उपयोग र मकैको बोट देखि अन्य सामाग्रीको प्रयोगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएको संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयोजक हरि अधिकारीले जानकारी दिन । मकै बालीको संरक्षण र प्रवर्द्धनको लागि महोत्सव स्थलमा मकै वाली स्थापना तथा मकैको स्टाचु निर्माण गरिएको छ। महोत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिने कृषि संयोजक अधिकारीले जानकारी दिए । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

 

पौष २५, सौराहा । चितवनमा लामो समय क्रियाशील भई काम गरेका युवा पत्रकार राजेन्द्र आचार्य र विपिन शर्मा सहित ६ जना विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल रेवा सौराहाले आफ्नो सत्रौँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा पारेर युवा पत्रकार आचार्यसहित ६ जनालाई सम्मान गरेको हो । पत्रकारितलाई कर्मभूमि बनाई समग्र सौराहाको पर्या पर्यटन प्रर्बद्धन र विकासको लागि पत्रकारिता मार्फत आफ्नो पेशागत जिम्मेवारीलाई कूशलता पूर्व निर्वाहको अतुलनिय योगदानको कदर गर्दै आचार्यलाई सम्मान गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिनुभयो । विगत १७ बर्ष बढी समयदेखि निरन्तर रुपमा पत्रकारितामा सक्रिया आचार्य नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष, राष्ट्रिय फोटो पत्रकार संघ चितवनका अध्यक्ष, नेपाल टेलिभिन र कारोबार दैनिक चितवनका संवाददाताका रुपमा पत्रकारितामा सक्रिय हुनुहुन्छ ।


यस्तै प्रेस सेन्टर नेपाल चितवन शाखा र पूर्वी चितवन पत्रकार मञ्चका उपाध्यक्षसगैँ चितवनमा स्थानिय सौराहा अनलाईन डिजिटल पत्रिका, नेपाल रफ्तार अनलाई र नमस्ते बिहानी साप्ताहिक पत्रिका प्रधानसम्पादक समेत रहेनुभएको छ।

पत्रकार आचार्यसगैँ अर्का युवा पत्रकार तथा विप्स मिडियाका सञ्चालक विपिन शर्मा आचार्यसहित रेवान सौराहाका महासचिव सूर्यबहादुर रिमाल, कोषाध्यक्ष राजेशकुमार तामाङ, सदस्य धर्मराज न्यौपाने र उत्कृष्ट कर्मचारीकोरुपमा कार्यालय सचिव भागिरथ (गौतम) गिरीलाई वागमती प्रदेशका सासंद कृष्णप्रसाद खनाल र अध्यक्ष नरेश गिरीले संयुक्त रुपमा दोसल्लासहित सम्मानपत्रले सम्मानित गर्नुभएको थियो

Subcategories