News

५ पौष, रत्ननगर ।


पर्यटकिय सुन्दर नगरी पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा मनाउने कार्यक्रमको संयोजक विश्वराज पौडेलले जानकारी दिएका छन् । अग्रेजी नयाँ बर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आगामी पौष १२ खि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि।मि। क्षेत्रमा महोत्सव हुँदैछ । ‘सडक मै खाउ, सडक मै रमाउँ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टंग अफ बार, भलिवल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत रही टक सो कार्यक्रम, स्वदेशी उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता, बालवालिकाहरुका लागी चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशन गरिने छ भने महोत्सव क्षेत्रमा व्यवसायीहरुले सजावटलाई प्राथमिकता दिने छन । महोत्सव फिस्टेल गेट देखि गैराको चौतारा हुदै लेकसाइड सम्म हुनेछ ।

 

 २१ डिसेम्बर २०२३, काठमाडौं, नेपाल । नेपाल स्थित अमेरिकी दूतावासले अमेरिकी दूतावास युवा परिषद्को २०२४ समुहका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ । नेपाल स्थित अमेरिकी दूतावासद्धारा जारी विज्ञप्तिमा सो कुराको उल्लेख गरेको छ । जसको अन्तिम म्याद ३१ डिसेम्बर २०२३ (१५ मंसिर २०८०) तोकिएको छ । अमेरिकी दूतावास युवा परिषद् नेपाल स्थित अमेरिकी दूतावासको विकास र व्यक्तिमा नीहित सम्भावित दक्षताको विकास गर्ने कार्यक्रम हो जसले परिषद्का सदस्यहरुलाई आफ्नो समुदायहरुमा रहेका मुद्दाहरुलाई समाधान गर्न उनीहरुको नेतृत्व क्षमतामा विकास गरेर मद्दत गर्दछ । सदस्य रहेको अवधि सम्म, परिषद्का सदस्यहरु समाजका विभिन्न संजालहरु अन्तर्गत रहेर विभिन्न किसिमका काम गर्ने अवसरहरुमा संलग्न हुनुहुनेछ, सामुदायिक परियोजनाहरुमा योगदान गर्नुका साथै मुख्य रणनीतिक कार्यक्रमहरुमा भाग लिनुहुनेछन् । २ वर्षको विरासत बोकेको र ६०० भन्दा बढी व्यक्तिहरु समाविष्ट रहेको युवा परिषद्को एलुम्नी समुदायले विभिन्न सामुदायिक परियोजना मार्फत सकारात्मक परिवर्तनतर्फ महत्वपूर्ण योगदान गरेको छ । युवा परिषद्को कार्यक्रम नेपाली युवा र दूतावासबीच अर्थपूर्ण संवादलाई अगाडि बढाउन दत्तचित्त छ । यसको उद्देश्य नेपाली युवाहरूले सामना गर्ने चुनौतीहरूको पहिचान र सम्बोधन गर्नुका साथै समुदायले गरेका पहलहरू र नागरिक समाजमा हुने विभिन्न खालका क्रियाकलापमा बढी भन्दा बढी संलग्न हुनको लागि प्रोत्साहित गर्नु हो । यस वर्षदेखि, युथ इनोभेशन ल्याबको व्यवस्थापन अन्तर्गत युवा परिषद्ले नेपालको सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, र जातीय विविधता सहितको पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पारदर्शिपूर्ण प्रक्रिया मार्फत छानिएका २० देखि ३० वर्ष उमेरका ५० देखि ५५ नेपाली युवाहरूको समूहलाई एकै ठाउँमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको छ । युवा परिषद् २०२४ ले विद्यार्थी, पेशागत व्यवसायी, विशेषज्ञहरु, समाज र पेशागत समूहका प्रभावशाली नेताहरु, पेशागत युवाहरु, राजनीतिज्ञहरु, विद्धानहरु, अभियन्ताहरु र आफ्नो समुदायमा सक्रियरुपमा कार्यरत व्यक्तिहरु र समाजमा महत्वपूण तथा अर्थपूर्ण प्रभाव पार्न सक्ने
वा चाहने युवाहरुलाई भाग लिनको लागि स्वागत गर्दछ । युवा परिषदले सीमान्तकृत समुदायहरु, अपांगता भएका व्यक्तिहरु, र धार्मिक तथा जातीय अल्पसंख्यक समुदायहरुका व्यक्तिहरुलाई आवेदन दिन प्रोत्साहन गर्दछ । वेबसाइट https://usycn.org/ मा गएर आवेदन फर्म भरि तपाईले आवेदन दिन सक्नुहुन्छ । आवेदन दिशा निर्देशहरु र नमूना आवेदन फर्मको थप विवरणको लागि यस  https://linktr.ee/usycnepal वेवसाइटबाट गर्न सकिनेछ ।
थप विवरणहरुः
यदि तपाईलाई केही कुरा सोध्नुपर्ने जरुरी छ भने कृपया विना कुनै संकोच This email address is being protected from spambots. You need JavaScript enabled to view it. / +977 9808304473  मा इमेल वा फोन गर्न सकिने छ । युवा परिषद नेपालको ह्वाट्सअप समुदायमा जोडिनको लागि  https://bit.ly/USYCWhatsAppCommunity यस लिंक मार्फत जोडिन सकिने छ ।https://www.youthinnovationlab.org/ युथ इनोभेसन ल्याबका बारेमा युथ इनोभेसन ल्याब नाफा वितरण नगर्ने एक सिभिक–टेक कम्पनी हो जसले युवाहरूलाई अन्वेषण, सिर्जना र नयाँ कुरा सिर्जनाका लागि सशक्त बनाउँदछ । साथै, यसले युवा र युवा व्यवसायीहरूले विभिन्न क्षेत्रमा सहकार्य, प्रयोगात्मक कार्य र मौलिक विचारहरू विकास गर्न सक्ने एउटा सहयोगी वातावरण निर्माणमा टेवा पु–याउँछ । नवप्रवर्तन र अत्याधुनिक स्रोतहरू मार्फत विज्ञानलाई आमजनता र नीतिगत तहसम्म पु(याई युथ इन्नोभेसन ल्याबले सबैका लागि उज्यालो भविष्यको मार्ग कोर्न समस्या समाधान र परिवर्तनका संवाहकका रुपमा रहेको अर्को पुस्तालाई सशक्त बनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

पौष ५, चितवन । 
पूर्वी चितवनको रत्ननगरमा गरिबी निवारणका लागि महिलाहरुलाई उद्यमी बनाउन दुई सीप मुलक तालिम विहीबार देखि सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम-मेड्पा० अन्तर्गत ब्युटिपार्लर र सिलाईकटाईको एडभान्स तालिम सुरु गरिएको हो । विहीबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर प्रलाद सापकोटाले तालिमको उद्घाटन गरेका हुन । सो अबसरमा उनले ब्यूटिपार्लर र सिलाईकटाई तालिम पूरा गरेका महिलाहरुलाई व्यवसाय सञ्चालनको लागि मेयर संग उद्यमशिलता कार्यक्रम अन्तर्गत विना व्याज तीन लाख रूपैया ऋण प्रदान गर्न सकिने बताए । नगरको गरिबी निवारणको लागि मेड्पा कार्यक्रमको बजेट घटेर आएपछि नगरपालिकाले बजेट थप गरि सीपमुलक तालिक सुरु गरिएको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृृत छविलाल सुवेदीले सन २०३० सम्म गरिबी न्यूनीकरण गर्ने सरकारको लक्ष पूरा गर्न लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको बताए । तीन महिने ब्यूटिपार्लरको एडभान्स तालिममा वडा नं ३, ९ र १५ का २२ जना र सिलाईकटाइ र डिजाइनिङमा सोही वडाका १८ जनाको सहभागिता रहेको मेड्पा कार्यक्रम संयोजक रामप्रसाद बस्ताकोटीले जानकारी दिए । गत बर्ष आधारभूत तालिम लिएका महिलाहरुका लागि विहीबार देखि एडभान्स तालिम सुरु गरिएको उनले बताए । व्यूटिपार्लर ज्योति शर्मा पन्त र सिलाइकटाई लक्ष्मी श्रेष्ठ प्रशिक्षक रहेका छन् । आर्थिक विकास समितिका संयोजक तथा उद्यम विकास समिति सदस्य सोहेन्द्र राज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा छनौट समितिकी सदस्य अनिता अर्यालले स्वागत मन्तब्य राखेकी थिइन् ।

Subcategories