News

कार्तिक १५,

 

काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको झिलीमिली बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ुसपनीमाु, ुमोहनीु, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। द भ्वाइस अफ नेपालु का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। झिलीमिली बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल आशिष रायमाझीु मार्फत सार्वजनिक गरिएको हो।

१३ कात्तिक, बारा। बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फको गोली प्रहार बाट मृत्यु भएको छ । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि ३ राउण्ड गोली प्रहार गरेको हो । घाँटी तथा छातीमा गोली लागेका सर्राफको गम्भीरअवस्थामा कलैया अस्पताल पुर्याइएका उनलाई त्यहाँ उपचार सम्भव नभएपछि वीरगंजस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । अस्पताल पुगे लगत्तै उनलाई अस्पतलाले मृत घोषणा गरेको छ ।

चितवन, कात्तिक १२ ।

चितवनमा गैरआवासीय नागरिकलाई भोलि (सोमबार) देखि नागरिकता वितरण गरिने भएको छ । नागरिकता वितरणका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र भोलिबाट वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । ‘नागरिकता वितरणका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको र भोलिबाट वितरणको प्रक्रिया थालनी गर्नेगरि तयारी भइरहेको सहायक प्रजिअ शर्माले बताए । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

 

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा, हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ । साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधान समेत छ ।

Subcategories