News

५ कात्तिक, काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । “धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।” भूकम्पको धक्का धादिङ, चितवन,नुवाकोट, काठमाडौं उपत्यका लगायत क्षेत्रमा महसुस गरिएको थियो ।

काठमाण्डौं ३ कार्तिक ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद बढ्दै गएको छ । शुक्रबार अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्मा लगाएतले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन् । निर्वाचन प्रक्रियामा धाँधली भएकाले अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने उनीहरुको भनाइ छ । प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक निर्वाचन गराइएको थियो तर पूर्वनियोजित रुपमा सेटिङ गरी नतिजा घोषणा गरिएकाले मान्य नहुने असन्तुष्ट पक्षले जनाएका छन् । यसैबीच एनआरएनएको विवादको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई निजी कम्पनीको सुरक्षाकर्मी र एनआरएनएका प्रतिनिधिहरुले दूव्र्यव्यवहार गरेका छन् । उनीहरुले भिडियो खिच्न लाग्दा सञ्चारकर्मीको क्यामरा खोस्ने प्रयास गर्दै भिडियो मेट्न धम्की समेत दिएका थिए ।

अध्यक्षमा निर्वाचित केसीले एक हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । साथै अध्यक्षका प्रत्यासी आर के शर्माले एक हजार दुई सय ८१ र महेश श्रेष्ठले एक हजार दुई सय २५ मत प्राप्त गर्नुभएको घोषणा निर्वाचन समितिले गरेको थियो ।

संघले उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित भएको घोषणा गरेको छ भने महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएको जनाएको छ ।

उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको हो । अष्ट्रेलियामा रहेको कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप छ ।

भरतपुर,२ कार्तिक ।
पवित्रा ढकाल ।

तस्विर : कोमल चन्द्र भगत
क्लिनिक नेपाल फ्रेण्डसीप स्काउटद्धारा आयोजित ३ दिने चौथो जंगल क्याम्पको बुधबार पश्चिम चितवनको मेघौलीमा उद्धघाटन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं २७ मा रहेको क्लिनिक नेपाल स्काउट र वेलायतको व्रिस्टोल स्काउट ट्रुप द्धारा आयोजित जंगल क्याम्पमा नेपाली र वेलायत गरी २७५ भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको छ । चितवन र नवलपुर लगायतका संस्थागत र सामुदायिक विद्यालय वाट २५० जना विद्यार्थीहरु र बेलायतको ब्रिस्टोल शहरबाट ३५ जना विद्यार्थी सहभागी भएका छन् । ३ दिन सम्म चल्ने जंगल क्याम्पमा विद्यार्थीहरु विभिन्न साहसीक क्रियाकलाप, संस्कृति आदान प्रदान, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनले पारेको असरका विषयमा अनुभव आदान प्रदान गर्नेछन् । क्लिनिक नेपालको आयोजनामा भएको स्काउट जंगल ज्याम्वोरी प्रमुख अतिथि भरतपुर महानगरपालिका का उप प्रमुख चित्रसेन अधिकारीले गर्नुभएको हो । कार्यक्रममा विशिष्ट अतिथिहरुमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल, भरतपुर महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल, वडा नं २७ का वडा अध्यक्ष राम महादुर भण्डारी, जानकी मा.वि. का प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटाको उपस्थिति रहेको थियो । स्काउटको पोशाकमा सजिएका विद्यार्थीहरुले अतिथीहरुको स्वागत गरेको थिए । भरतपुर महानगरपालिका वडा नं ३ मा रहेको लिटिल फ्लावर स्कुलका विद्यार्थीहरुको बेण्ड वाजा वाट प्रमुख अतिथि लाई स्वागत गरिएको थियो । स्वागत मन्तव्य स्काउटर सोजीता भण्डारीले गरेकी थिइन् । उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथीहरुले धार्मिकरुपले नामाकरण गरिएका ११ वटा वृक्षको रोपण गरेका थिए भने एउटै पोलमा तिनवटा झण्डा उत्तोलन गरि नयां तरिकाले कार्यक्रमको उद्धघाटन गरिएको थियो । व्रिटिस नागरिक डियन मिलेटियड, जानकी माविका प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटा, वडा अध्यक्षहरु राम वहादुर भण्डारी, ज्ञान प्रसाद खनाल, शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेल, व्रिटिस नागरिक तिन जना, प्रमुख अतिथि भरतपुर महानगरपालिका का उप मेयर चित्रसेन अधिकारीले स्काउटका विद्यार्थीको आगमनले भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा स्काउटर विद्यार्थीहरु वाट स्काउट गितमा नृत्य प्रस्तुत गरिएको थियो । तिन दिनको वसाइमा वेलायतका स्काउट विद्यार्थी तथा नेपालका स्काउट विद्यार्थीहरु विच अन्तरकृया तथा मित्रताको भावनाको विकास हुने गरी कार्यक्रम आयोजना गरिएको आयोजक हरी वहादुर भण्डारी बताए । जंगल क्याम्प अवधिभर विभिन्न खेलहरुपनि समावेस भएका छन् जसले विद्यार्थीहरुको क्षमता तथा अनुशासित वनाउने आयोजक सुमन पौडेलको भनाइ छ। कार्यक्रम भरतपुर महानगरपालिका का स्काउट सँयोजक शिव प्रसाद वराल र स्काउटर उत्सवले सञ्चालन गरेका थिए । कार्यक्रम क्लिीनिक नेपालका संस्थापक अध्यक्ष एवं भरतपुर महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष हरी वहादुर भण्डारीको अध्यक्षतामा भएको थियो ।

 

Subcategories