News

माघ ५, चितवन ।

 

राप्ती नगरपालिकामा स्वरोजगारमुलक फोटोग्राफी तथा भिडियोग्राफी तालिम विहीबार देखि सुरु भएको छ ।
राप्ती नगरपालिकाको सहयोग तथा ग्रीनलाईन मिडियाको आयोजनामा सन्चालन गरिएको सो तालिममा नगरपालिका भित्रका ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिमको राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले फोटो खिचेर औपचारिक उद्घाटन गर्नु भएको थियो ।

 

सो अबसरमा नगर प्रमुख लामाले युवाहरुमा सिप अभिबृद्धि गरी स्वावलम्बी र स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै वहाँले आउँदा दिनहरुमा यस्तै युवा लक्षित र समयको माग अनुसारको सिप अभिबृद्धि गर्ने तालिमहरु दिन आफुहरु सदैब तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम तामाङ्गले मान्छेलाई वाँच्न चाहिने दुइवटा आधारभूत कुराहरु शिक्षा र सीप भएको र युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक कार्यक्रमको आयोजना गरिएकोमा खुशी लागेको बताउनु भयो । पत्रकार ध्रुवराज खनालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संयोजक दिलीप डल्लाकोटीले तालिमको उद्देश्यका वारेमा प्रकाश पार्नु भएको थियो ।

७ दिन सम्म चल्ने उक्त तालिममा बेसिक फोटोग्राफी, भिडियोग्राफी, समाचार लेखन सम्बन्धी प्रशिक्षन दिइने आयोजक ग्रीन लाइन मिडियाका अध्यक्ष कोमल चन्द्र भगतले जानकारी दिनुभयो ।

माघ ४, चितवन ।

नारायणगढ मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए । सो आयोजना हेर्दै आएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन ।

उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ ।

तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।

काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् ।

एउटा पुलको जगमा ६ घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उहाँले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।

यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो ।

सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

सो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

 

माघ ४, चितवन ।
यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ७१ जनाको शव फेला परिसकेको र बाँकी एक जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । बुधबार एयरलाइन्सले दिएको जानकारी अनुसार शव फेला परेका ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइएको छ । मंगलबारसम्म ४८ जनाको शव काठमाडौं पठाइएकोमा मंगलबार नै फेला परेको थप एक शवसमेत बुधबार काठमाडौं ल्याइ पोस्टमार्टम भइरहेको यती एयरलाइन्सले जनाएको हो । यसअघि २२ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा शव पोस्टमार्टम गरी पोखरामै परिवारलाई हस्तान्तरण गरिएको यती एयरलाइन्सले जनाएको छ ।

Subcategories