News

चितवन, पुस ३० ।

नारायणगढको नारायणी नदी किनारमा पुस २५ देखि जारी चितवन महोत्सवको प्रचारप्रसार एवं प्रवद्र्धनका लागि साइकल ¥याली गरिएको छ । आज बिहान महोत्सवस्थल उद्योग वाणिज्य संघ चितवनबाट सुरु भएको ¥याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मेघौलीसम्म पुगेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । केसीकाअनुसार ¥यालीमा विभिन्न सामाजिक संघसंस्था, उद्योग वाणिज्य संघ चितवनका सदस्यहरुको सहभागिता रहेको थियो । सो ¥यालीमा सहभागी भएकाहरु भरतपुर–१६ मा निर्माण भएको क्रुजसिपमा समेत पुगेका थिए । चितवनको पर्यटन प्रवद्र्धनमा क्रुज सिप सञ्चालन भएपछि महत्वपूर्ण टेवा पुग्ने भन्दै क्रुजसिपको अवलोकन तथा क्रुजसिपको यात्रा भएको केसीले जानकारी दिए । यसैबीच, बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको अवलोकन गरेका छन् । महोत्सव अवलोकन गर्दै थपलियाले यस चितवन महोत्सवले जिल्लाको समग्र आर्थिक व्यवस्था चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अन्तर्गत माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने जानकारी दिए । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए ।

महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ ।

महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

 

 

चितवन, पुस ३० ।

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको छैटौं दिन आज एकैदिन ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाकाअनुसार आजमात्रै ५५ हजार बढीले चितवन महोत्सव अवलोकन गरेका हुन् ।

आज शनिबार परेको कारण धेरै दर्शकहरु महोत्सवमा उपस्थित भएका पियाको भनाइ छ । सार्वजनिक बिदाको दिन भएकाले आज बिहानैदेखि साँझसम्म महोत्सवस्थलमा दर्शकहरुको अत्यधिक भिड देखिएको पियाले बताए । महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति धेरै भएपछि आज टिकट काट्ने स्थान थप गरिएको उल्लेख गर्दै संयोजक पियाले महोत्सव भित्र प्रवेश गर्ने थप गेट समेत खुला गरिएको जानकारी दिए ।

भोलि माघे सङ्क्रान्ति परेकाले दर्शकको चाप अझै बढ्ने भन्दै पियाले सोहीअनुसारको व्यवस्थापन गरिएको बताए । मानिसको भिड धेरै भएर टिकट काट्न लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै पियाले चितवन महोत्सवको टिकट अनलाइनबाट काट्न सकिने पनि जानकारी दिए । महोत्सवको टिकट अनलाइन काटेका व्यक्तिहरु उद्योग वाणिज्य संघसँगै रहेको २ नम्बर गेटबाट सहजरुपमा महोत्सव स्थल प्रवेश गर्न सक्ने पियाले बताए ।

यसैबीच, चितवन महोत्सवको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा महोत्सव प्रवेशको व्यवस्था गरेको छ । छैठौँ दिनसम्म आइपुग्दा करिब ३० हजारले निःशुल्करुपमा महोत्सव अवलोकन गरेका टिकट व्यवस्थापन समिति संयोजक पियाले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै लक्षित वर्गलाई गेटबाट सहजरुपमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पियाले बताए

चितवन, पुस ३० ।

चितवन । नारायणी नदीमा माघ १ गते देखि क्रुजशिप सञ्चालनमा आउने भएको छ । क्रुजशिप निर्माण गर्ने कम्पनी राइनो वाटर इन्टरटेनमेन्टले एक विज्ञप्ती जारी गरी भोलि माघ १ गतेदेखि क्रुजशिप सञ्चालनमा आउने जानकारी दिएको हो ।

करिव दुई वर्ष पहिले नै क्रुजशिप निर्माण सम्पन्न भई परीक्षण गरिएको थियो । कोभिड माहामारीका र केही नीतिगत व्यवधानका कारण क्रुजशिप सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै पक्रिया पुरा गरेर क्रुजशिप संचालनमा ल्याउन लागिएको कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले जानकारी दिए । उनले दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेको जानकारी दिए । ३ तलाको क्रुजशिपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता भने २०० रहेको छ ।

यसमा यात्रा गर्ने सबै यात्रुहरुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हुन्छ । क्रुजशिपको टिकट दर ७०० रुपैयाँ रहेको छ । ब्रेकफास्ट क्रुजिङको १५००, लन्च क्रुजिङ २०००, डिनर क्रुजिङ २५०० रहेको छ ।

Subcategories