यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै माइतिघरमा दीप प्रज्वलन
आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यान लगाएत बिभिन्न संघसंस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । साथै उनीहरुले पुराना हवाइजहाजको उडान बन्द गर, हवाइजहाज सम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ बर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला , विदाई कसलाई ? थोत्रा जहाज की सार्वजनि सेवा? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।
((





