News

पौष १२, चितवन । चितवनको पर्यटकिय नगरी सौराहामा आयोजना गरिएको १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा गरिएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पुनमकलीले जितेको छ । प्रतिस्पर्धी सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकलीलाई पछि पार्दै ४० वर्षको पुनमकलीले हात्ती सुन्दरीको ताज पहिरिएको हो । होटल श्रीनगर पाल्पाको प्रतिनिधित्व गर्दै होटल पार्क साइडको पुनमकलीले उपाधि जिताएको हो ।

हात्तीको श्रृङ्गार र सजावट, गोडाको नङ, आँखाको चमक, कान र सुँडको सरसफाइको अवस्था, माउतेले हतियार प्रयोग गरेरनगरेको, हात्तीको सोझोपना तथा चालको आधार, फुर्तिलोपना एवं आदेश पालना र हात्तीको शारीरिक बनावटलाई आधार बनाएर सुन्दरी छान्ने गरिएको निर्णायक समितिका संयोजक नगेन्द्र चापागाईंले बताउनु भयो।

महोत्सवअन्तर्गत सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हात्तीको स्वास्थ्य परीक्षण गरी जुकाको औषधि खुवाउनुका साथै नङको सतहसमेत मिलाइएको पशु चिकित्सक डा. अमिर सडौलाले जानकारी दिनु भयो ।


पौष ११, सौराहा । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रवारवाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । क्षैत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको उक्त महोत्सवको बागमति प्रदेशका मुख्यमन्त्री ईन्द्रवहादुर वानियाले उद्घाटन गर्नु भएको हो ।


महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री वानियाले हात्ती महोत्सव हात्ती मैत्री नै भएको बताउनु भयो । हात्ती महोत्सवले चितवनको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै मुख्य मन्त्री बानियाले हात्ती महोत्सवको विरोधको औचित्य नभएको बताउनु भयो । त्यस्तै प्रदेश सरकार पर्यटन प्रवर्धनमा प्रतिवद्द रहेको भन्दै उहांले चितवनको पर्यटन विकासका लागि पूर्वाधार निर्माण र पर्यटनको विविधिकरणमा जोड दिएको बताउनु भयो । बागमति प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुर्य श्रेष्ठले ब्यवसायीहरुको समस्या समाधानमा सरकार प्रतिवद्द रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै बागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सवैलाई आग्रह गर्दै मेला महोत्सवले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो । पर्यटन तथा सस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले हात्ती महोत्सवलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै र्नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले महोत्सवले सस्कृति र पर्यटनलाई अगाडि बढाउन सहयोग पुगेको बताउनु भयो । महोत्सवमा हात्तीसग सम्वन्धित गतिविधिहरु सञ्चालन गरिएको छ । महोत्सव मुल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल बनाउन आग्रह गर्दै सौराहा सहित चितवनको पर्यटन प्रबद्धनको लागि महोत्सव आयोजना गरिएको बताउनु भयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वन्यजन्तु र पर्यटन मैत्री महोत्सव भएको भन्दै हात्तीहरुलाई एकीकृत वासस्थानको माग उठि रहेको र कानुन बनाएरै घरमा पालिएका हात्तीलाई घाँस खान पाउने ब्यवस्था गरिएको बताउनु भयो । महोत्सवमा हात्तीको पेनाल्टी, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य परिक्षण लगाएतका कार्यक्रम सञ्चालन हुने संघका महासचिव महेश खनालले जानकारी दिनुभयो ।

पुस १३ गते सम्म चल्ने महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ । महोत्सव शुरु हुनु अघि विभिन्न झाकी र हात्ती सहितको र्यालीले सौराहा परिक्रमा गरेको थियो । संघका अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पर्यटन व्यवसायी, संरक्षणकर्मी, पत्रकार, हात्तीका माउतेलाई सम्मान गरिएको थियो ।

चितवन, पुस ११ ।

चितवनमा ज्येष्ठ नागरिकका लागि ‘डे कयेर’ (आवास केन्द्र) सञ्चालनमा आएको छ । आरोग्य केयर होमले आज (शुक्रबार) देखि भरतपुर महानगरपालिका १२ स्थित नौरङ्गेमा १५ बेड सहितको आवास केन्द्र औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय ज्येष्ठ नागरिकका लागि सुरक्षित, सम्मानजनक र समग्र हेरचाहको आवश्यक भएकाले उनीहरुको सुविधाका लागि आवास केन्द्र स्थापना गरिएको केयर होमका सञ्चालक फणीन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ २४ घण्टा नर्सिङ सेवा, आवश्यकता अनुसार डाक्टरको परामर्श, फिजियोथेरापी सहितका औषधि व्यवस्थापन सम्बन्धि सेवा समेत उपलब्ध रहेको छ । धार्मिक तथा पर्यटन क्षेत्रको भ्रमण, आपतकालिन स्वास्थ्य निगरानी, मनो सामाजिक परामर्श लगायतका सामाजिक गतविधिहरु समेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । यहाँ मेडिकल सुविधा हेरेर प्रत्येक दिन पाँच सयदेखि तीन हजारसम्मको शुल्क रहेको उहाँले बताउनुभयो । डे केयर झण्डै १७ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको छ ।

ज्येष्ठ नागरिकलाई घरमै बसेको अनुभूति दिलाउनने उद्देश्यका साथ आवासीय, स्वास्थ्य, पुनस्र्थापाना तथा मनोसामाजिक सेवाहरु एकीकृत रुपमा प्रदान गरिने न्यौपानेको भनाई छ । परिवारका सदस्यहरुको व्यस्त जीवनशैलीका कारण प्रत्यक्ष हेरचाह गर्न नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिक र परिवार दुवैलाई सहज हुने भएकाले भरतपुरमा डे केयरको आवश्यक रहेको वडाध्यक्ष लेखराज पन्तले बताउनुभयो । शुक्रबार भएको उद्घाटन कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेल, भरतपुर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी, ज्येष्ठ नागरिक समाजका अध्यक्ष टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो ।

Subcategories